जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले नागरिकसंग प्रत्येक्ष सेवामा जोडिने सहकारी संस्थाहरुको जोखिम न्यूनीकरणका लागि कोपोमिस प्रणाली प्रयोगमा ल्याउनुपर्ने बताएका छन् । पछिल्लो समयमा एकाद व्यक्तिहरुका कारण सहकारी संस्था पदनामी हुन पुगेको बताउँदै प्रमुख घलानले पालिकाहरुमा सहकारी संस्थाहरुले उदाहरणीय काम गरेको स्मरण गर्दै प्रशंसा गरे । थाहा नगरपालिकाको आयोजनामा आयोजित ३ दिने पल्र्स तथा कोपोमिस तालिमको ५ वैशाखमा समापन गर्दे उनले यस्तो बताएका हुन् । सरकारको तीनखम्बे अर्थनीतिमा सहकारी संस्था पनि एउटा खम्बा भएकोले थाहानगरमा सञ्चालित सहकारीहरुको क्षमता विकास गर्नका लागि यस किसिमको तालिम फलदायी हुने उनको विश्वास रहेको थियो । स्थानीय तहको कामकारबाही अनुगमन गर्दा जिल्ला समन्वय समितिले सहकारीका सूचकहरुमा पनि आधारित भएर गरिने प्रमुख घलानको भनाइ थियो ।
थाहा नगरपालिका मातहतमा रहेका सहकारी संस्थाहरुको कार्यालय प्रमुखहरुको सहभागिता रहेको तालिमका सहभागीहरुलाई जिल्ला सहकारी संघका अनिल विर बज्राचार्य र रुपक घिमिरेले प्रशिक्षण दिएका थिए । तालिममा कोपोमिसको प्रयोग र सहकारी अनुगमन, कोपोमिसको समष्टिगत विवरण भर्ने तरिका, सहकारी सदस्यहरूको जानकारी भर्ने तरीका र संस्थाले मासिक प्रतिबेदन दाखिला गर्ने, वित्तिय प्रतिवेदन दाखिला, सम्पती शुद्धीकरण निवारण फारम दाखिला तथा आन्तरिक कार्यका विषयमा तालिम दिइएको थियो । कार्यक्रमका सहभागीहरुलाई प्रमुख अतिथी घलानले प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा प्रशिक्षकहरुलाई थाहा नगरपालिकाले कदरपत्र दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्