मेयर कप फुटबल प्रतियोगिता–२०८० को उपाधि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले जितेको छ । हेटौंडा–१४ को चुनौती सडनडेथमा समाप्त पार्दै हेटौंडा–४ ले चौथो संस्करणको उपाधिमा आफ्नो नाम लेखाएको हो । सडनडेथमा ६–५ गोल अन्तरले विजयीहु“दै उपाधि सहित विजेता टोली नगद २ लाख रुपैया“ प्राप्त गर्दा उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैया“मा चित्त बुझाउन बाध्य भयो ।

निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत् गरिएको थियो । टाइब्रेकरमा २–२ गोलको बराबरी भएपछि सडनडेथबाट विजेताको टुंगो लागेको हो । खेलको ६२ औं मिनेटमा च्याम्पियन टोलीको तर्फबाट दीपेश भण्डारीले गोल गर्दै अग्रता दिलाएका थिए । खेल सकिन १० मिनेट बा“की रहेको अवस्थामा उपविजेता टोलीका लागि अनुप रानामगरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

टाइब्रेकरमा विजेता टोलीका लागि मनोज लामा र दीपेश भण्डारीले गोल गर्दा अनिष महर्जन, कृष्ण लामा र निरज देउला गोल गर्न चुकेका थिए । सडनडेथमा साजन खड्गी, ससिल देउला, निरज देउला र अलिफ देउलाले हेटौंडा–४ का लागि गोल गर्दा गम्भीर थिङ भने गोल गर्न चुकेका थिए । हेटौंडा–१४ को तर्फबाट टाइब्रेकरमा मनिष घलान र दोर्जे लामाले गोल गरेका थिए भने अनुप रानामगर, प्रताप थोकर र रेहन लामाको प्रहार खेर गएको थियो । सडनडेथमा अस्मिर गोङ्बा, दोवा लामा, पासाङ लामाले गोल गर्दा सुदिप गोले र सुसिवन घलान गोल गर्न चुके । प्रतियोगितामा हेटौंडा–४ का खेलाडी अनिष महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार रुपैया“ प्राप्त गरे ।

हेटौंडा– ४ गोलरक्षक निरज देउला, मिडफिल्ड दीपेश भण्डारी, प्रशिक्षक शंकर खड्ग, हेटौंडा–१४ का फरवार्ड अनुप रानामगर र डिफेण्डर सुविन धमला, हेटौंडा– १५ का विश्वास भोलन सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट सवैले जनही ५÷५ हजार रुपैया“ प्राप्त गरे । प्रतियोगितामा हेटौंडा १५ नम्बर वडा तेस्रो र १३ नम्बर वडा चौथो स्थानमा रह्यो । दुवै टोलीले क्रमशः ५० र २५ हजार रुपैया“ प्राप्त गरे ।

पालिका प्रेस
थप जानकारी