मकवानपुरमा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अर्थात २०७८ पुसदेखि हालसम्मको अवधिमा मकवानपुर जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ७० वटा घटना भएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश हेटौंडाको आयोजनामा नेपाल मानव अधिकार पुस्तक वर्ष २०२३ वार्षिक पूर्व तयारी समिक्षा कार्यक्रम गर्दै विवरण सार्वजनिक गरिएको हो । इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले मानव अधिकार उलंघटनका घटनालाई समेटेर पुस्तक सार्वजनिक गर्न लागिएको वताउनुभयो ।

जसमा राज्यपक्षबाट ७ जना र अन्यपक्षबाट ६६ जना मानिस पीडित भएका अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयले जनाएको छ । जसमध्ये ५० जना महिला, २२ जना पुरुष र १ जना लैङिगक तथा अल्पसंख्यक समुदायको व्यक्ति पीडित रहेको इन्सेक मकवानपुरका प्रतिनिधी पुष्पराज अधिकारीले बताए । बाल अधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कारमा परेका छन् भने ३ जना यौन दुर्व्यवहारका घटना र १ नवजात शिशु हत्याको घटनामा भएको थियो । मकवानपुरमा २५ वटा घटनामा महिला अधिकारका हनन् भएको थियो । २५ जना महिला पीडित भएकोमा १० जना बलात्कारबाट, ४ जना बलात्कारको प्रयासबाट, ४ जना बहुबिबाह र १ जना बेचबिखनको घटनामा पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख रहेको छ ।

यस अवधिमा ८ ओटा हत्याका घटना भएकाछन् । जसमा ३ जना महिला र ५ पुरुष छन् । यस्तै १४ ओटा हत्या प्रयासका घटनामा ३ महिला १० जना पुरुष र १ ज लैङ्गिक तथा अल्पसंख्यक महिला पीडित भएको इन्सेकले जनाएको छ । यस वर्ष परिवारजनबाट ४ जना बालिका सहित ५ ओटा बलात्कार, १ यौन दुर्व्यवहार, १ बलात्कार प्रयास र १ नवजात शिशु छोरी सहित ६ ओटा हत्याको घटना प्रतिवेदनमा उल्लेख रहेको छ ।त्यस अवधिमा १० ओटा हत्याका घटना भएका थिए । जसमा ५ जना महिला र ४ पुरुष थिए एक कुटपिटको घटना रहेको भण्डारीले बताए ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि आयोजना गरिएको पुर्व समिक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताप विष्टले मानव अधिकार उलंघन हुन नदिनका लागि राज्य पक्ष जिम्मेवार हुनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक चुडा कुमारी खड्का लगायतकाले मानब अधिकार उलंघनका घटना न्यूनिकरणका लागि लागिएको बताइन् ।

पालिका प्रेस
थप जानकारी