थाहानगरको थाना बजारमा भएको निःशुल्क स्वास्थ्य शिविरमा चारसयको स्वास्थ्य परीक्षण गरिएको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर २४ फागुनमा मनमोहन मेमोरियल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर भएको हो ।

शिविरमा २ सय ५० जनालाई भिडियो एक्सरे सेवा लिएकोमा पाठेघरमा मासु पलाएको १० जना भेटिएको, २० जना महिलालाई थप उपचारको लागि काठमाडौ आउन सल्लाह दिइएको शिविरका डाक्टर मुज श्रेष्ठले जानकारी दिए । उनीहरुको निःशुल्क उपचार हुने उनले बताए । शिविरमा १ सय ३८ जना महिलाले स्त्रीरोग विशेषज्ञबाट पाठेघरको चेकजाँच गरिएको र २५ जनालाई अप्रेसन गर्नुपर्ने देखियको डाक्टर श्रेष्ठको भनाइ छ । १ सय ८० जनाले हाडजोर्नीको स्वास्थ्य चेकजाँच गराएका थिए । शिविर पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत आयोजना गरेको हो । शिविरमा निःशुल्क औषधि पनि वितरण गरिएको थियो।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित निशुल्क स्वास्थ्य शिविरको थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरेका थिए । मनमोहन मेमोरियल अस्पतालमा पालुङ बहुउद्देश्यीय संस्थाको सदस्यहरुलाई २५ प्रतिशत छुटमा उपचार गर्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष उमेश ढकालले बताए ।

पालिका प्रेस
थप जानकारी