मकवानपुर थाहानगरका राजन ढकाल राष्ट्रिय निर्माण व्यावसायी संगठन बागमती प्रदेशको उपाध्यक्षमा निर्वाचित भएका छन् । काठमाण्डौंको बानेश्वरमा भएको प्रदेश भेलाबाट उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

ढकाल न्यू ज्योति कन्ट्रक्शनका सञ्चालक हुन् । २७ फागुनमा भएको नेपाल राष्ट्रिय निर्माण व्यावसायी संगठनको १३ औं वार्षिक साधारणसबाट अध्यक्षमा रसुवाका जयराम घर्ती, चितवनका वसन्त खरेल वरिष्ट उपाध्यक्ष, दोलखाका भुवन घिमिरे महासचिव, तथा रामेछापका नारायण तिमिल्सिना कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

संगठनको प्रदेश सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् ।

पालिका प्रेस
थप जानकारी