नेपाल राहत शिक्षक समिति मकवानपरको छैठौँ अधिवेशनबाट थाहानगरका राहत शिक्षक निराजन गोपाली उपाध्यक्षमा निर्वाचित भएका छन् । जिल्ला समितिको तीन उपाध्यक्ष मध्ये गोपाली पनि एक हुन् । समितिको अध्यक्षमा जीवन तिमल्सिना चयन भएका छन् । २७ फागुनमा हेटौँडामा भएको छैठौँ अधिवेशनबाट २७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा निराजन गोपाली, निर्मला सिन्तान र रामशरण दाहाल रहेका छन् भने सचिवमा शम्भु पराजुली चयन भएका छन् । समितिको सहसचिवमा बद्री बानियाँ, कोषाध्यक्षमा हेम विक र सहकोषाध्यक्षमा क्षमकला बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरुमा लालु रुम्बा, शर्मिला पौडेल, सुदर्शन पौडेल, राम थापा, मन्दिरा घिमिरे, बसुन्धरा गौतमलगायत रहेका छन् । लक्ष्मीकुमारी श्रेष्ठलाई केन्द्रीय प्रतिनिधिको रुपमा चयन गरिएको छ ।

राहत शिक्षक समिति मकवानपुरका अध्यक्ष हरिप्रसाद पौड्यालको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल राहत शिक्षक समितिका केन्द्रीय अध्यक्ष खेमराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा समितिका उपमहासचिव डम्बर राई, बागमती प्रदेश समितिका अध्यक्ष बासु अधिकारी, शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका अधिकृत उन्नति ढकाल, भीमफेदी गाउँपालिका शिक्षा शाखाका अधिकृत प्रदिप अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाईंलगायत विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी