नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मकवानपुरको अध्यक्षमा बसन्तकुमार सिटौंला चयन भएका छन् ।

शनिवार हेटौंडामा भएको संगठनको ५ औं जिल्ला अधिवेशनले सिटौंलाको नेतृत्वमा २१ सदस्य नयाँ कमिटि सर्वसम्मत गठन गरेको हो ।
संगठनको पुरुष उपाध्यक्षमा गणेश भूजेल, महिला उपाध्यक्षमा शान्ति खनाल, सचिबमा गोपाल लम्साल र कोषाध्यक्षमा मिरा अधिकारी सर्बसम्मत चयन भएका छन ।

संगठनका अध्यक्ष राजु अर्यालको अध्यक्षतामा भएको अधिवेशनमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादीका जिल्ला संयोजक सर्केश घलान, निती तथा योजना आयोग बागमती प्रदेशका सदस्य प्रल्हाद लामिछाने, संगठनका केन्द्रीय अध्यक्ष हरीबहादुर रावल, हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर रामचन्द्र सापकोटा लगाएतकाले शुभकामना मन्व्य व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी