साँङ्केतिक फोटो

मकवानपुरको भिमफेदी गाउँपालिकामा अटो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । १ चैत दिउसो दिउँसो भिमफेदी गाउँपालिका–४, ठुलो गुन्डिङ स्थित भित्रि सडक खण्डमा भएको अटो दुर्घटनामा चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

सानो गुन्डिङबाट भैसे तर्फ आउदै गरेको ना २ ह ४६८९ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ९० मिटर तल खोल्सिमा खस्दा अटो चालक भिमफादी–२, भैसे बस्ने अन्दाजी ६५ बर्षीय सुब्बा बज्यु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।  कार्कीका अनुसार अटो चालक तामाङ्को घटनास्थलमै ज्यान गएको र शव पोष्टमार्टमका लागी हेटौंडा अस्पताल ल्याइएको छ ।

पालिका प्रेस
थप जानकारी