शहीद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । थाहानगरको सुनौला डाँडामा १५ चैत्रदेखि तीनदिन प्रतियोगिता हुने भएको हो ।

आयोजक सहिद सुनिता स्मृति प्रतिष्ठानका अनुसार प्रतियोगितामा सहभागी हुन १४ चैत्र दिउँसो १२ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ । थाहानगरको १ नम्बर वडामा रहेको सुनौला डाँडामा हुने प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क ३ हजार तोकिएको छ। टिम दर्ताको लागि सुवर्ण गोपाली, वसन्त गोपाली र विशाल गोपालीलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिजेता हुने टिमले नगद ५१ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोश्रो हुने टिमले नगद २६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी