चितवनको माडी नगरपालिकाले नगरवासीको निःशुल्क घर बीमा गरिदिने भएको छ। नगरपालिकाले अति विपन्न नागरिकहरुलाई एक लाख पचास हजार रुपैयाँसम्म मुल्यांकन हुने बीमा गर्दा लाग्ने शुल्क नगरपालिकाले भुक्तानी गरिदिन लागेको हो।

जंगली जनावरको आक्रमण, आगालागी लगायतका विपदबाट नगरपालिकामा वर्षेनी घरहरुमा क्षति भइ सर्वसाधरण मर्कामा परेकाले नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो। विपन्न नागरिकलाई आ–आफ्नो वडा कार्यालयमा घर विमाको लागि सम्पर्क गर्न नगरपालिकाले सोमबार एक सुचना जारी गरि अनुरोध गरेको छ।

पालिका प्रेस
थप जानकारी