प्रहरीको भ्यानले हेटौंडा बजारको मुख्यचोक बुद्धचोकमा मोटरसाइकललाई ठक्कर दिएको छ । १५ चैत्र साँझ तीव्र गतिमा आएको प्रहरीको भ्यानले विपरित दिशामा पुगेर तीनवटा मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । प्रहरीको भ्यानले सर्वसाधारणको मोटरसाइकलमा ठक्कर दिएर भागेको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

प्रहरी भ्यानको ठक्करबाट हेटौंडा–५, गर्दोईका ४९ बर्षीय सुरेश बज्राचार्य र हेटौंडा–५, पिप्लेका ४५ बर्षीय मधु अर्याल घाइते भई उपचाररत छन् । बज्राचार्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अर्यालको हेटौंडा अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ । हेटौंडा अस्पतालबाट राप्तिरोड हुँदै बुद्धचोकतर्फ तीव्र गतिमा रहेको जिल्ला प्रहरी कार्यालयको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाको विषयमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी प्रमुख बामदेव गौतम र प्रहरी प्रवक्ता टेकबहादुर कार्कीको मोवाइल उठेन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले घटनाको विषयमा जानकारी प्राप्त भएको बताए । घटनाको सत्यतथ्य बुझेर दोषीलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी गराएका छन् ।

पालिका प्रेस
थप जानकारी