माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर १९ चैतदेखि वडा नंम्बर(१ तिरामबाट सुरु गरिएको छ।

शिविर पालिका भित्रका प्रत्येक वडामा क्रमश सोमबार,मङगलवार,बुधबार र बिहिवारसम्म सञ्चालन गर्ने योजना तय गरिएको छ । तिराम स्वास्थ चौकीमा सुरु भएको शिविरको गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसन)ले ब्यानर पढेर उदघाटन गरे । उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले आफुहरु जनतालाइ सहज र प्रभाबकारी सेबा दिन लागि परेको भन्दै जनताको साथमा सधै स्थानीय सरकार रहेको बताए ।

यस्तै अध्यक्ष अधिकारीले जनताको सजिलोका निम्ति आफुहरुले सामाजिक सुरक्षा भत्ता,हरेक सेबा सहितको घुम्ती शिविर जनताको घरदैलोमा लिएको र यी सेवाहरुको अधिक्तम मात्रमा उपयोग गर्न स्थानीयहरुलाई आग्रह गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले आफुहरु जनताको सेवामा निरन्तर क्रियाशील रहेको बताउदै शिविरले जनताका प्रत्यक्ष माग,आवश्यकता तथा समस्याहरुलाई सहज ढङ्गले संबोधन गर्ने विश्वास व्यक्त गरे ।

वडा नंम्बर १ का अध्यक्ष वाम बहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुब कुमार पोख्रेलले संचालन गरेका थिए । उद्घाटन कार्यक्रममा शिविरको बारेमा सहजीकरण माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी गराए ।

शिविरमा स्वास्थ्य परिक्षण डा।सुप्रिम वन्जाडे सहितको टोलीले गरेको छ। साथै शिविरमा स्वास्थ्य,पशु,कृषि,जेष्ठ नागरिक,अपाङ्ग परिचयपत्र,ब्यक्तिगत घटना तथा ब्यवसाय दर्ता लगायत गाउँपालिकाबाट दिइने सेवाहरु दिइएको छ । शिविर सोमबार गणेश आ।वि माण्डवी-२ ढिकावन मर्कावाङ्गमा सञ्चालन हुनेछ।

पालिका प्रेस
थप जानकारी