मकवानपुरको मनहरी गाउँपालिकाले शहीद तथा वेपत्ता परिवारलाई नगदसहित सम्मान गरिएको छ । २१ चैतमा मनहरी ३ लामिटारमा एक कार्यक्रमकाको आयोजना गरी उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । गाउँपालिका उपाध्यक्ष सिता पुलामी मगरको सभाध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

मन्त्री मोक्तानले अहिलेको व्यवस्था शहीदको रगतसँग साँटेर आर्जिएको टिप्पणी गरिन् । उनले भनिन्–‘१० वर्षे जनयुद्धले तपाईंको सन्तानको बलिदान लियो भनेर अनेक मानीसहरुले भन्लान तर तपाईंको सन्तानको रगतले अहिलेको व्यवस्थालाई सिँगारेको भनेर बुझ्नुस् ।’ अबुझ मानीसहरुको मानसीकताले अहिलेको व्यवस्थालाई दोष दिएको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाका ५ नंम्बर वडाअध्यक्ष दीपेन्द्र अधिकारीले अहिलेको व्यवस्थालाई बलीयो बनाउन शहीदहरुले दिएको आहुती भुल्न नहुने बताए । यस्तै ३ नम्बर वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले १० वर्षे जनयुद्धको सुखद उपलब्धीको रुपमा अहिलेको व्यवस्थालाई आत्मसात गर्नुपर्ने भनाइ राखे ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा गाउँपालीका उपाध्यक्ष पुलामीले गाउँपालीकाका अन्य शहीद तथा वेपत्ता परिवारको खोजी गर्ने प्रतिवद्धता गरिन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई नीती तथा कार्यक्रममा समावेश गरी अझ श्रृजनात्मक ढंगले शहीदहरुको सम्मान गर्ने बताइन् । कार्यक्रममा १३ शहीद र २ वेपत्ता परिवारलाई जनही नगद ५ हजारसहित खादा ओढाएर सम्मान गरीएको थियो । कार्यक्रममा ४ नंम्बर वडाअध्यक्ष प्रकाश थापा, ८ नंम्बर वडाअध्यक्ष नारायण उप्रेती, प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठ, नेकपा माओवादी बागमती प्रदेश ईन्चार्ज विर बहादुर घलान (ज्वाला), कार्यपालिका सदस्यहरुलगायतको सहभागीता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी