इलाका प्रहरी कार्यालय पालुङले १५ दिन अघि बरामद गरेको १०८ किलो गाँजा २३ चैतमा जलाएर नष्ट गरेको छ । प्रहरीले जनप्रतिनिधि र सञ्चारकर्मीहरुको रोहवरमा इन्द्रायणी चौरको खोला किनारमा जलाएर नष्ट गरेको हो ।

पालुङ प्रहरीले चैत्र ८ गते सुराकीको आधारमा थाहा ८ आग्राका लालबहादुर घलान र शेरबहादुर घलानको घरमा लुकाइछिपाइ राखेको अवस्थामा सो परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीले लालबहादुर घलानलाई लागूऔषधको कसुरमा मुद्दा चलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छभने शेरबहादुर घलान फरार छन् ।

फरार घलानको खोजी कार्य भइरहेको इप्रका पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले बताए ।

पालिका प्रेस
थप जानकारी