‘स्वास्थ्य मुटुका लागि दौड’ भन्ने नाराका साथ थाहा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ३० चैतमा महिला तथा पुरुष खुल्ला दौड प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा २१ पुरुष र ११ महिलाले भाग लिने थाहा नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव अनिल लामिछानेले बताए ।
प्रतियोगिता विहान ७ बजे थाहानगरको ओखरबजारमा हुने छ । प्रतियोगिता अन्तर्गत महिलातर्फ ३ किलोमीटर र पुरुष तर्फ ५ किलोमिटर दुरीमा दौड हुने थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद १२ हजार, दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने लामिछानेले जानकारी दिए ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्