साँकेतिक फोटो ।

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ चल्ती थाक्लेमा ३९ चैत राती दुई घरमा आगलागी भएको छ । राती अन्दाजी पौने १२ बजेतिर बिजुलीको तार सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीबाट चल्ती स्थित थाक्ले बस्ने वर्ष ५५ वर्षिय कृष्ण बहादुर खत्रीको पुरानो डिजाईनको ढुङ्गाा माटोले बनेको २ तले कच्चि घर पूर्ण रुपमा क्षति भएको छ । आगो बढ्दै जाँदा संगै जोडिएर बनाईएको कृष्ण बहादुरका भाई राजकुमार खत्रीको घर समेत जलेको छ । आगलागी नियन्त्रणका लागि थाहा नगरपालिकाको दमकलसहित इलका प्रहरी कार्यालयको प्रहरी नायब निरक्षिक उमेश प्रसाद कोईरीको कमाण्डमा टोली खटी गएको थियो । स्थानीयबासी, दमकल र प्रहरीको सहयोगमा ३० चैत विहान साँढे २ बजे आगलागी पूर्ण रुपमा नियन्त्रणका लियएको प्रहरीले जनाएको छ ।

आगोलागीबाट घर लगाएत घरमा रहेको सामनहरु पुर्ण रुपमा जली क्षेती भएको छ भने मानविय तथा चौपाय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा कृष्ण बहादुर खत्रीको अन्दाजी चार लाख नगद समेत गरी कुल उन्नाइस लाखबराबरको क्षेती भएको र राज कुमार खत्रीको एक लाख पचास हजार नगद समेत गरी कुल सोह्र लाख पचास हजारबराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी