पालुङ जेसीज बर्ष २०२३ को आयोजनामा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम १ वैशाखमा भएको छ । नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान संगै भित्तेपात्रो प्रकाशन गरिएको अध्यक्ष संगम कार्कीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले जेसीज असल नेतृत्व तयार गर्ने संस्था भएको बताए । उनले नयाँ वर्ष २०८० को सबैमा शुभकामना ब्यक्त गरे । पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्ष सानोभाई कार्की, रामप्रसाद ढकाल, नवराज लामा लगायतको आतिथ्यता रहेको थियो ।
पालुङ जेसीज बर्ष २०२३का कार्यकारी उपाध्यक्ष अन्जय प्रधानले संचालन गरेकोे कार्यक्रममा जेसीजका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेकोे थियो ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्