मकवानपुरको थाहा नगरपालिकाको ओखरबजारमा निःशुल्क बाथरोग स्वास्थ्य शिविर भएको छ । थाहा नगरपालिकाको १ नम्बर वडामा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेशनल बाथरोग सेन्टर काठमाडौंको संयुक्त आयोजनामा २ वैशाखमा शिविर भएको हो । शिविरबाट २ सय ४३ बाथरोगवाट पीडित विरामीहरुले स्वास्थ्य उपचार गरेका थिए ।
शिविरमा नेशनल बाथरोग सेन्टरका विशेषज्ञ डाम्टर बिनित बैद्य, डाक्टर सुधीर कर्माचार्य र डाक्टर विवेक के.सी.ले विरामीहरुलाई बाथरोगको लक्षण र बच्ने उपाय सम्वन्धी भिडियोग्राफीको माध्यमबाट सहजीकरण गरेका थिए । बाथरोगको सही पहिचान गर्ने र समयमा उपचार गर्न जरुरी भएकोले जति सक्दो चाँडो उपचार सुरु गरियो त्यति नै छिटो जोर्नी बचाउन सकिने डा. बिनित बैद्यले जानकारी दिए । बाथको उपचार लक्षण सुरु भएको तीन महिनाबाट एक वर्षभित्र उपचार गरिएमा यसबाट नाकारात्मक असरलाई न्यूनीकरण गर्न सकिने उनले बताए ।
शिविरमा विरामीहरुलाई निःशुल्क औषधि र ल्याबको समेत सुविधा दिएको सहकारीका अध्यक्ष अञ्जल प्रधानले जानकारी दिए । पछिल्लो समय थाहानगरमा बाथरोगमा विरामीहरु बढ्दो रुपमा देखिएकोेले सोका लागि निःशुल्क शिविर सञ्चालन गरेको उनले बताए । भविष्यमा समेत सहकारीले यस्ता प्रत्येक्ष जनहित हुने र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रधानले बताए ।
शिविरमा विशेषज्ञ डाक्टर विनित बैद्य, डाक्टर सुधिर कर्माचार्य, डाक्टर विवेक के.सी. डाक्टर पवन कार्कीलगायतले सेवा प्रदान गरेको कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । शिविरको समापन कार्यक्रम नेशनल बाथरोग सेन्टर काठमाडौ, विशेषज्ञ डाक्टर तथा प्राविधिकहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्