थाहा नगरपालिका वडा नम्बर २ का अच्युत्तम प्रसाद ढकालले आफ्नो जन्मदिन किरातेश्वर जेष्ठ नागरिक दिवा सेवा केन्द्रका जेष्ठ नागरिकहरुका साथ मनाएका छन् । थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको सेवा केन्द्रका ज्येष्ठ नागरिकहरुलाई मिठाइँ तथा थाहा खैजडी महिला भजन समूहलाई वाद्य सामाग्री दिएर ढकालले जन्मदिन मनाएका हुन् । ढकाल नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष समेत हुन् ।

ढकालले ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरी जन्मदिनको अवसर पारेर जेष्ठ नागरिकलाई सम्मान तथा महिला भजन समुहलाई १० थान खैजडी वाद्य सामान प्रदान गरेका हुन । जेष्ठ नागरिक ज्ञान, सीप र अनुभवका खानी भएकोले उनीहरुका अनुभवलाई आफूले प्रयोग गर्न सकौं भन्ने उद्देश्यले जेष्ठ नागरिकको दीर्घजीवन समेतको कामना गर्दै आफूले जन्मदिन रचनात्मक ढंगले मनाएको ढकालले बताए । उनले जेष्ठ नागरिक सेवा केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै महिलाहरुले सस्कृती संरक्षणमा दिएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष सिताराम अधिकारी, नेकपा एमाले थाहा ४ का अध्यक्ष रामराजा केसी, फरक सोचका अध्यक्ष यादव जंग रायमाझी, अनेमसंघ थाहा नगर अध्यक्ष सुमित्रा केसी, महिला खैचडी भजन समुहका अध्यक्ष सुनिता अधिकारी, थाहा खैजडी भजनका अध्यक्ष भिमसेन खत्री लगायत जेष्ठ नागरिक तथा खैजडी महिला समुहको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी