नेपाल रेडक्रस सोसाईटी दामन उपशाखाको आगामी २ वर्षे कार्यकालको लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । यहि वैशाख १८ गते विकास घर शिखरकोटमा हुने निर्वाचनको लागि निर्वाचन तालिका सहित मतदाता नामावली समेत प्रकाशन गरिएको दामन उपशाखा सभापति राजकुमार केसीले बताए ।

निर्वाचन कार्यक्रम अनुसार १८ गते बिहान ११ बजेदेखि १२ बजे सम्म उम्मेद्वारको मनोनयन पत्र दर्ता गरिने र दिउँसो २ः१५ देखि ४ः१५ बजेसम्म निर्वाचन हुनेछ । उपशाखामा सभापति १ जना, उपसभापति (महिला) १ जना, सचिब १ जना, कोषाध्यक्ष १ जना, उपसचिब १ जना, उपकोषाध्यक्ष १ जना, १ जना महिला सहित ५ जना सदस्य समेत ११ जना निर्वाचित हुने ब्यवस्था रहेको छ ।

उपशाखा कार्यसमितिका लागि १ सय ७९ जना आजीवन सदस्यहरु मध्येबाट उम्मेद्वारी दर्ता संगै मतदान हुनेछ । सामाजिक सेवामा सक्रिय नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनको आगामी कार्यसमिति सहमतिमा सर्वसम्मत चयन गर्न उपशाखा सभापति तथा जिल्ला सदस्य केसीले सम्पूर्ण आजीवन सदस्यहरुलाई अनुरोध गरे ।

पालिका प्रेस
थप जानकारी