मकवानपुर २ बाट निर्वाचित सांसद महेश बर्तौला र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङबीच मकवानपुरमा पुर्ण विद्युतीकरण गर्ने विषयमा छलफल भएको छ । मकवानपुरको राक्सिराङ, कैलाश तथा मनहरीका केहि गाउँमा अझैपनि विद्युुत नपुगेपछि साँसद बर्तौलाले घिसिङसंग छलफल गरेका हुन् ।
सांसद बर्तौलासंगै विधुतिकरणका विषयमा छलफलका लागि प्राधिकरण पुगेका राजन लामाका अनुसार बर्तौलाले महानिर्देशक घिसिङलाई मकवापुरमा सडकको बिचमा पिच तथा ढलान गरिएको अवस्थामा विद्युतको पोल रहेको, मनहरी र मार्खु सवस्टेसनको ३३ के.भी.को प्रशारण लाईनको काम सम्पन्न हुन ढिलाई भएको, गाउँगाउँमा रहेको काठको पोल विस्थापन गरि फलामे पोल राखिनुपर्ने, ट्रान्सफर्मरहरु थप गर्नुपर्ने तथा परिवर्तन गर्नुपर्ने अवस्थामा रहेको बताएका थिए । बर्तौलाले केही गाउँमा राम्ररी बत्ती बाल्न पनि भोल्टेजको समस्या रहेको बताउदै यी कठिनाईलाई समाधान गरिनूपर्ने बताए ।
विद्युत प्राधिकरणका महानिर्देश घिसिङले आफु कार्यान्वयन गर्न बसेकाले जहाँ विद्युत पुगेको छैन त्यहाँ तत्कालै विद्युत पुर्याउने बताए । छलफलकै क्रममा घिसिङले फोनबाट मनहरी सवस्टेसनको कामको प्रगतिको विवरण मागेका थिए । एक महिना भित्र सवस्टेसनको सबै काम सक्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । नेपालमा भौतिक पुर्वाधारको विकासहरुमध्ये सडक संजालको विकास अत्याधिक भएकोमा खुशी व्यक्त गर्दै सडक खनेर पोल विचमा आईपुगेका पोलहरु सार्न सम्वन्धीत गाउँपालिकाले २० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत लगानीमा बाँकी प्राधिकरणको लागानीमा आफुले पोल सार्ने कार्यविधि बनाएर काम अघि बढाईको बताए ।























































प्रतिक्रिया दिनुहोस्