मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ मा जग्गा वर्गीकरणको तयारी गरिएको छ । वडा नंम्बर १२ को कार्यालय ठिंगनमा भएको छलफलमा सबै सरोकारवालाहरुले यहाँको जग्गालाई वर्गीकरण गर्न सुझाव दिएका हुन । बकैया–१२, का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईको अध्यक्षतामा जग्गा वर्गीकरणका लागि भएको बैठकमा वडाका राजनैतिक दल, स्थानीयवासी, शिक्षक, पत्रकार लगायतकाको उपस्थिती रहेको थियो ।

बैठकमा बकैया–१२ को जग्गा वर्गीकरणका लागि टोल छनौट गरिएको थियो । जग्गा वर्गीकरणका लागि जितपुर, जितपुर खोला, चालिसे पाखा, च्वार पाखा, चित्रे, सिमपानी, चपकी, तारुवास, कोलखोप, चारघरे, रातोपाटे, निगाले, गोदाम डाँडा, अंजिगरे, फलाटे, तीनघरे, ठिंगन डाँडा, घले गाँउ, ठिंगन बजार, तामेचौर, चिप्लेटी, तल्लो धारापानी, ठिंगन वेसी, धारापानी चौरी टोल छनौट गर्ने निर्णय गरिएको थियो । जग्गा वर्गीकरणका लागि कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायीक क्षेत्र, वन क्षेत्र, खोला नदि ताल, साँस्कृतिक तथा पुरातात्विक क्षेत्रमा छुट्याईएको हो ।

बैठकमा बकैया–१२, का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, महिला वडा सदस्य सुन्तोली वाइवा, वडा सदस्य सुजन वाइवा, विवई सिं स्याङतानलगायतको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी