नेपाली कांग्रेस मकवानपुरले जिल्लाका एकसय २ वटै वडादेखि जिल्ला तहसम्म पार्टीको सम्मेलन आयोजनाको तयारी थालेको छ । पार्टीलाई गतिशिल ढंगले अगाडि बढाउने योजनाअन्तर्गत् १८ वैशाखमा हेटौंडामा भएको वडा तहदेखि जिल्लासम्मको सम्मेलन पूर्व तयारी संयुक्त बैठकले मितिसमेत तय गरेको छ । कांग्रेसको विधानमा उल्लेख भएअनुसार प्रत्येक ६ महिनामा वडा सम्मेलन, कम्तिमा वर्षमा एक पटक गाउँपालिका, नगरपालिका र प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रतिनिधिसभा क्षेत्रीय सम्मेलन, जिल्ला सम्मेलन र प्रदेशसभा सम्मेलन गर्ने व्यवस्था भएकाले मकवानपुरमा कांग्रेसको वडा तहदेखि जिल्लासम्म सम्मेलन हुने भएको हो ।
आगामी जेठ मसान्तसम्म जिल्लाका एकसय २ वटै वडादेखि जिल्ला सम्मेलनको मिति १८ वैशाखमा बसेको बैठकले तय गरेको हो । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा बैठक भएको थियो । बैठकले पार्टीका क्रियाशील सदस्य र वडा कार्यसमितिको सहभागितामा वैशाख २३ गते गाउँपालिकाहरुको वडास्तरीय सम्मेलन तय गरेको छ । वैशाख २४ गते हेटौंडा उपमहानगर पालिका र थाहा नगरपालिकाको वडास्तरीय सम्मेलनको तयारी रहेको पार्टी जिल्ला सभापति लामाले जानकारी दिएका छन् ।
१४ औं महाधिवेशन बुथ प्रतिनिधिहरु र पालिका कार्यसमितिको सहभागितामा वैशाख २९ गते गाउँपालिकास्तरीय सम्मेलन गर्न गाउँपालिका समितिहरुलाई निर्देशन दिइएको छ । बैठकले वैशाख ३० गते हेटौंडा उपमहानगर र थाहा नगरपालिकास्तरीय सम्मेलन गर्न मिति तोकेको सभापति लामाले जानकारी दिए । १४ औं महाधिवेशन बुथ प्रतिनिधिहरु, प्रदेश प्रतिनिधि, क्षेत्रीय कार्यसमिति र पालिका कार्य समितिको सहभागितामा जेठ ४ गते प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क, ख प्रदेश क्षेत्रीय सम्मेलन, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क, ख प्रदेश क्षेत्रीय सम्मेलन जेठ ५ गते गरिने भएको छ । जेठ १२ गते प्रतिनिधिसभा क्षेत्र नम्बर १ सम्मेलन र १३ गते प्रतिनिधिसभा क्षेत्र नम्बर २ सम्मेलन हुने भएको छ । प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनमा संघीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, प्रदेश क्षेत्रीय कार्यसमिति, भातृ संस्थाका अध्यक्षहरु सहभागी हुने तय गरिएको छ । पार्टीको जिल्ला सम्मेलन सभापति तथा प्रदेश सांसद् बानियाँले बताए ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्