अन्तर्राष्ट्रिय रेडक्रस दिवसको अवसर पारेर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको हिमालयन इङलिस बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल (जुरेस) गठन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनका सदस्य संगम कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अवसरमा अर्विन कुमार कार्कीको सभापतित्वमा ११ सदस्यीय हिमालयन जुनियर रेडक्रस सर्कल गठन गरिएको हो। सर्कलको उपसभापतिमा प्रनिशा केसी, सचिव मिङ्मार लामा, उपसचिव समिक्षा थापा, कोषाध्यक्ष श्रीती कार्की, उपकोषाध्यक्ष स्वर्ण विक्रम सिंह ठकुरी तथा सदस्य हरुमा रितिका लामा, आशुम आलम, प्राश्ना भुजेल, रोनिश रायमाझी, रोशन रायमाझी रहेका छन ।
सर्कलको शिक्षक नायक रुद्राक्ष सुवेदी र संरक्षक विद्यालयका प्रीन्सिपल बाबुलाल कार्की रहेका छन।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्