मकवानपुरको थाहा नगरपालिका वडा न १२ का बुद्देराम थिङको घरबाट प्रहरीले एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । ५५ वर्षिय थिङलाई विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालयको टोलीले ३१ वैशाखमा नियन्त्रणमा लिएको हो ।

उनको घरमा खानतलासी गर्दा गारो माथी चिममा ४ फिट २ इन्च लम्बाइ र २ फिट ६ इन्च बराबरको बट सहित काठको भाग तथा २ फिट ९ इन्च बराबरको मोजलको भाग रहेको लुकाएर राखेको प्रतिबन्धित भरुवा बन्दुक फेला पारेको हो ।

थिङलाइ थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय हेटौंडा पठाइएको गरिएको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ।

पालिका प्रेस
थप जानकारी