साँकेतिक चित्र Google बाट

 काभ्रेपलाञ्चोकको पनौतीमा एक सहकारी संस्थाबाट ३३ लाख लुटेर फरार भएका दुईजना मकवानपुरबाट पक्राउ परेका छन् । प्रहरीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ बस्ने ३० बर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५, स्थित मघुवनमा लुकिछिपी बसिरहेको अवस्थामा काभ्रे प्रहरी र जिल्ला प्रहरी मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रवक्ता कार्कीका अनुसार रुम्बा र लामाले गत बैशाख १७ गते काभ्रे पनौती नगरापालिका वडा नम्बर ७ स्थित रहेको पनौती सामुदायिक सहकारी संस्थाबाट ३३ लाख चोरी गरेर फरार भएका थिए ।

प्रहरीले खोजतलास गर्दा १५ दिनपछि चोरीमा संलग्न रुम्बा र लामालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । विशेष सूचनाको आधारमा सोमबार तालुक इलाका प्रहरी कार्यालय पनौती काभ्रेको र जिल्ला प्रहरी कार्यालय मकवानुरको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ५ लाख ४५ हजार, १ थान एकनाले भरुवा बन्दुक र १ थान रड बरामद समेत गरिएको डिएसपी कार्कीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी