मकवानपुरमा डिजिटल तराजुको प्रयोग निकै बढेको छ । हेटौंडा बजार क्षेत्रमा पहिलेका ढक तराजु अत्यन्त कमै मात्रामा पाइन्छ । तौल गरेर सामान दिने सबैजसो पसलमा ढक तराजुको सट्टामा डिजिटल काँटाको प्रयोग गरिएको पाइन्छ । नयाँ प्रविधिले फड्को मारेकाले पनि डिजिटल तराजुको प्रयोग गर्न थालिएको यहाँका व्यापारीहरु बताउँछन् ।

अहिले हेटौंडा बजार र मकवानपुरका गाउँ गाउँमा समेत अधिकांश व्यापारी, व्यवसायीले डिजिटल तराजु प्रयोग गर्न थालेका छन् । मकवानपुरका गाउँगाउँका केही व्यावसायीहरुले मात्र त्यस्ता ढक, तराजु, प्रयोग गर्ने गरेका छन् । डिजिटल तराजुका कारण कुनैपनि सामान तौल गरेर उपभोक्तालाई दिनका लागि पनि सजिलो हुने र राख्न पनि सहज हुने भएकाले यसको प्रयोग गरिएको हेटौंडा–२ काव्यावसायी श्याम सापकोटा बताउँछन् । अझै पनि पुराना व्यापारीको घरमा त्यस्ता ढक, तराजु छन् ।

हेटौंडाका केही पुराना व्यावसायीहरुले भने पुरानो ढक तराजुको प्रयोग गरेपनि कतिपयले भने पुराना ढक, तराजु कबाडीमा पनि बिक्री गरिसकेका छन् । पछिल्लो २० वर्षयता विद्युतीय तथा डिजिटल तराजुको प्रयोग बढेको छ । परम्परागत ढक र तराजु अहिले प्रयोगमै ल्याउन नचाहेको व्यावसायीहरु बताउँछन् । डिजिटल तराजुले दैनिक कामकाजमा सहजता ल्याएको छ । जसले गर्दा परम्परागत ढक र तराजु विस्थापित भएका हुन् ।

वि.सं. २०२० सालदेखि ढक, तराजु, मानापाथी प्रयोग गरेको देखेको पुराना व्यापारीहरु बताउँछन् । त्यसबेलामा अधिकांश नेवारी समुदाय व्यापारी थिए, । ‘अर्को पक्ष के भने ती ढक, तराजु, मानापाथी, धार्नीलाई हरेक वर्ष पूजा गर्ने चलन थियो । त्यस्ता सामानलाई व्यापारीले भगवान्जस्तै मान्ने चलन थियो । पछिल्ला दिनमा भने त्यस्ता ढक, तराजुलाई परम्परागतको तुलनामा डिजिटल तराजुबाट नापतौल गर्न सजिलो र छिटो हुन्छ । नापतौल भइरहँदा उपभोक्ताले प्रस्ट अंक देख्ने भएकाले ठगी हुने सम्भावना पनि हुन्न । ’ पछिल्ला वर्षमा पुराना ढक, तराजु देख्नै छाडिएको हेटौंडा–४ का उपभोक्ता नबराज घिमिरेले बताए ।

पालिका प्रेस
थप जानकारी