महालेखा परीक्षकको कार्यालय नेतृत्वविहीन भएको छ । महालेखा परीक्षक टंकमणी शर्मा आफ्नो ६ वर्षे कार्यकारी पुरा गरी ८ जेठमा बिदा भएसँगै कार्यालय नेतृत्वविहीन भएको हो । तत्कालीन राष्ट्रपतिबाट २०७४ साल जेठ २ मा नियुक्त पाएका शर्माले पुरै कार्यकाल पुरा गरी बिदा भएका हुन् ।

शर्माले आफ्नो कार्यकालमा कार्यलयको काममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । सरकारले महालेखा परीक्षकका रुपमा अझै कसैलाई पनि सिफारिस गरेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिबाट महालेखा परीक्षक नियुक्त गर्ने प्रावधान रहेको छ । यस कार्यालयले मुलुकका सार्वजनिक अड्डाको अन्तिम लेखा परीक्षणको जिम्मेवारी पाएको छ ।

पालिका प्रेस
थप जानकारी