नेपाल रेडक्रस सोसाइटी उपशाखा इन्द्रसरोवरको सभापतिमा फुर्वा लामा निर्वाचित भएका छन् । उपशाखा इन्द्रसरोवरको सभापतिमा लामासहित सबै कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत नारायण प्रसाद तिमल्सिनाले जानकारी दिए । रेडक्रस उपशाखा फाखेलको इन्द्रसरोर कार्यसमितिको १२ जेठमा भएको अभिवेशनले नयाँ नेतृत्व पाएको हो ।

उपशाखा फाखेल इन्द्रसरोवर कार्यसमितिको उपसभापतिमा दुर्गावती थोकर, सचिवमा कुमार बल, कोषाध्यक्षमा उमेश बस्नेत, उपसचिवमा मणीराज थापा, उपकोषाध्यक्षमा शिवराम पौडेल, मनोनित सदस्य रेशमकुमारी घिसिङ तथा सदस्यहरुमा पूर्ण बहादुर बल, विवस पाख्रिन, राजन कुमार ठकुरी र सिंह बहादुर मोक्तान निर्वाचित भएको निर्वाचन अधिकृत तिमल्सिनाले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका सभापति लाल बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिल्ला शाखा उपसभापति खेमराज सापकोटा, मन्त्री सुमित्रा काफ्ले, कार्यालय प्रमुख लक्ष्मण भट्टराईलगायतकाको आतिथ्यता रहेको थियो । नवनिर्वाचित पदाअधिकारीहरुलाई जिल्ला सभापति लाल बहादुर थापाले शुभकामना दिएका थिए ।

पालिका प्रेस
थप जानकारी