थाहा नगरपालिकाको तीन भिन्दाभिन्दै क्षेत्रलाई समेटेर टोल विकास संस्था गठन गरिएको छ । नगरको दामन, सिमभनज्याङ र नारायणझ्याउलाई समेटेर टोल विकास संस्था गठन गरिएको वडाध्यक्ष नारायण लामाले जानकारी दिए ।

थाहानगरको ४ नम्बर वडाध्यक्ष नारायण लामाको विशेष उपस्थितीमा भएको टोल भेलाले दावा शेर्पाको अध्यक्षतामा टोल विकास समिति गठन भएको हो । शेर्पा निर्विरोध निर्वाचत भएका हुन् । समिति ११ सदस्यीय रहेको छ । टोल भेलामा नवनिर्वाचित शेर्पाले सबैलाई धन्यवाद दिदै आम जनसमुदायको साझा उद्देश्यहरु अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले विकासका कामहरु मार्फत आमूल परिवर्तन ल्याउन आफ्नो भूमिका हुने प्रतिक्रिया दिए ।

यसअघि वि.सं.२०७७ असोज २४ थाहानगरको ४ नम्बर वडाको माथिल्लो भेगको टोलहरु समेटेर टोल विकास संस्था गठन गर्न बोलाइएको भेलाले समिति गठन गर्न सकेको थिएन ।

पालिका प्रेस
थप जानकारी