विश्व वातावरण दिवसको अवसरमा धादिङको बेनिघाट रोराङ गाउँपालिका, बेनिघाट रोराङ ग्रामीण खानेपानी ब्यबस्थापन बोर्ड र शान्ति नेपालको संयुक्त आयोजनामा सरसफाई अभियान तथा श्रमदानबाटै शौचालय निर्माण गरिएको छ ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर वडा ७ डुकराङ बस्ती परिसरमा विशेष सरसफाई गरिएको हो । सो अवसरमा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ डुकराङका ज्येष्ठ नागरिक ईन्द्रबहादुर चेपाङको शौचालय श्रमदान मार्फत निर्माण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारमा बाहिर काम गर्न जान सक्ने अवस्थाको कोहि नभएकोले शौचालय निर्माणका लागि स्थानीयहरुले श्रमदान गरेको बेनिघाट रोराङ ग्रामीण खानेपानी ब्यबस्थापन बोर्डका कार्यकारी निर्देशक अर्चिता श्रेष्ठले धन्यवाद दिइन् । शौचालय निर्माणमा जनश्रमदान गर्ने सहयोगीहरु तथा अभियानलाई सफल पार्न योगदान दिनूहुने सम्पूर्णमा कार्यकारी निर्देशक श्रेष्ठले धन्यवाद दिइन ।

कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), ७ नम्बर वडा सदस्य बाबुलाल चेपाङ, नेकपा एमाले ७ नम्बर वडा पार्टी अध्यक्ष नविन थपलिया, नेकपा माओवादी केन्द्र ७ नम्बर वडा अध्यक्ष पवन थपलिया, शान्ति नेपालको एकीकृत सामुदायिक पोषण तथा खाद्यसुरक्षा परियोजना संयोजक लाल प्रसाद पोखरेल, कार्यक्रम निरीक्षक उद्धव चेपाङलगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रममा जंगलामंगला महिला सहकारी सस्था लिमिटेडकी व्यवस्थापक गिता पाठक, डुकराङ लालिगुराँस सामुदायिक विकास समूह तथा टोल स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितीका पदाधिकारीहरुलगायत स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।
सरसफाइ तथा स्वच्छता अभियानलाई आगामि दिनमा समेत निरन्तरता दिइने बताइएको छ ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्