मकवानपुरको थाहा नगरपालिका वडा नम्बर. २ फाँटबजारका १९ वर्षीय सफल विष्टले ¥याप स्टारबाट नेपालकै नाम चिनाउँदै छन् । ७००० प्रतिष्पर्धीलाई पछि पार्दै उनी अन्ततः फाइनलमा प्रवेश गरेका छन् । आगामी २८ जेठमा हुने फाइनल चरणमा उनको अन्तिम ¥याप स्टार परीक्षा हुँदैछ ।

नामै सफल अर्थात् सफल विष्ट । सानैदेखि ¥याप गायनमा शौखिन सफललाई ¥याप दुनियाँमा ‘विसफ’ को नामले चिनिन्छ । ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रशारण हुँदै आएको ¥याप स्टार रियालिटी शोमा सफल अहिलेसम्म सफल छन् । यो कार्यक्रम शनिबार र आइतबार स्पेस फोरके टेलिभिजनबाट पनि प्रशारण हुन्छ । आदित्य विक्रम अछामीको निर्देशनमा बनेको रियालिटी सोमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) निर्णायक छन् । निर्णायकहरुले सफलको खुलेर प्रशंसा गरिरहेका छन् । सफलका बुवा राधाकृष्ण विष्ट भन्छन्, निर्णायकहरुले सफलमा छुट्टै ‘इनर्जी’ पाएका छन्, ¥यापका मान्यताहरुले सफल सफल नै हुन्छन् तर त्यतिले मात्र ¥याप स्टार बन्ने ढोका नखुल्न सक्छ किनकि त्यहाँ भोटिङको पनि कुरा हुन्छ ।

भोटिङमा सहयोगीहरुको हात आवश्यक भएकोले सफललाई ¥याप स्टारको रुपमा देख्न पाएर थाहा र मकवानपुरको नाम राख्न अहिले भोटिङ अभियान नै सञ्चालन गरिरहेको विष्ट बताउँछन् । ‘सफललाई भोट गर्नेहरु बढिरहेका छन्, सकेसम्म सबैको सहयोगको अपेक्षा गरेको छु,’ उनले भने । सफल अहिले थाहानगरमै छन् । आफन्त र साथीहरुसँग मिलेर भोटको अपिल गर्दै उनी यहाँका विभिन्न स्कूल, बलेज तथा संघसंस्थाहरुमा पुगिरहेका छन् । बुधबार उनले हिमालयन इंगलिस बोर्डिङ स्कूल, जनकल्याण मावि, पालुङ मोडर्न इंगलिस स्कूल, पालुङ इंगलिस स्कूल लगायत विद्यालयहरुमा पुगेर भोटको अपिल गरेको श्रीकृष्ण विष्टले बताए ।

सफललाई भोट गर्नका लागि मोवाइल फोनमा गुगल प्ले स्टोरबाट ओएसआर कनेक्ट एप डाउनलोड गर्नुपर्छ । उक्त एप खुलेपछि शोजमा क्लिक गरेपछि ¥याप स्टारमा गएर भोट नाउमा क्लिक गर्नुपर्छ । त्यसपछि फाइनलमा पुगेका प्रतिस्पर्धीहरुको फोटो देखिन्छ । अन्तिममा सफलको फोटो रहेको छ जहाँ भोट नाउमा क्लिक गरेर भोट गर्न सकिन्छ । २८ जेठ दिउँसो १ बजेसम्म भोटिङ खुल्ला रहने आयोजकले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी