आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ अभियानलाई तिव्रता दिएकाे छ । र्‍याप स्टार रियालिटी शाेमा फाइनल प्रवेश गरेका सफल  र्‍याप स्टार घाेषित भए मकवानपुरकै शान हुने भन्दै जेसीजले अभियान नै चलाएकाे हाे ।

हाल थाहा-२ फाँटबजारस्थित निवासमै रहेका सफललाई साथै लिएर पालुङ जेसीजका सदस्यहरु थाहानगरका विभिन्न विद्यालय पुगेर भाेटकाे अपिल गरिरहेकाे पालुङ जेसीज वर्ष २०२३ का उपाध्यक्ष अजय कार्कीले बताए ।

अहिलेसम्म हिमालयन, जनकल्याण, पालुङ इंगलिश, पालुङ माेडर्न, भ्यालीहार्ट, मत्स्यनारायण, सुन्दरीदेवी, झम्केश्वरी लगायतका विद्यालयहरुमा पुगेकाे र त्यहाँ शिक्षक तथा विद्यार्थीहरुकाे भव्य स्वागत र समर्थन प्राप्त गरेकाे कार्कीले बताए । फाइनलकाे दिन नजिकिँदै गर्दा भाेट बढ्दै गएकाे सफलले बताएका छन् । बिसफकाे नामबाट परिचित सफल ७००० प्रतिष्पर्धीबाट छानिएर फाइनलमा पुगेका हुन् ।

पालिका प्रेस
थप जानकारी