काठमाडौं चन्द्रागिरी नगरपालिका– २ बाडभञ्ज्याङबाट मकवानपुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका–७ बस्ने ३० वर्षीय सबिन थापा मगरलाई प्रहरीले लागूऔषध ओसारपसार गरेको आरोपमा चन्द्रागिरीबाट पक्राउ गरेको हो । उनको साथबाट लागूऔषध गाँजाको धुलो करिब ४ केजी ५ सय ग्राम फेला परेका ्रहरीको दाबी छ ।
मगरलाई प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको जनाइएको छ । शुक्रबार बिहान मकवानपुरदेखि काठमाडौंतर्फ जाँदै गरेको लु ५ प ३२०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनको साथबाट प्रहरीले सो परिणामको लागूऔषध बरामद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्