सांकेतिक फोटो

मकवानपुरको थाहा नगरपालिका–३ मा छहराबाट खसेर एक जनाको मृत्यु भएको छ ।

चितवन राप्ती नगरपालिका–६, भण्डारा घर भएका अन्दाजी ४६ वर्षीय हरिशरण बर्तौलाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार २९ जेठमा छहराबाट लडेका बर्तौला झाक्रीखोरिया खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी