सामुदायिक प्रहरी सेवा केन्द्र पालुङ र कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा थाहा नगरपालिका वडा नम्बर ८ को इन्द्रायणी माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि बाल विवाह विरुद्ध तथा घरेलु हिंसा सम्बन्धि जनचेतनामूलक दुई दिने सचेतना कार्यक्रम गरेको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा विद्यालयमा अध्यनरत किशोर किशोरीहरुलाई सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाले जानकारी दिए । सचेतना कार्यक्रममा बुद्ध आधारभुत विद्यालय ,सरस्वती मावि र इन्द्रायणी माविमा अध्यनरत विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल लगायतबाट सहजीकरण गरेको इन्द्रायणी माविका प्रधानाध्यापक नारायण कार्कीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी