सातौँ एसियन एजिकेएफ कराँते प्रतियोगितामा नेपाल गोजुरियो कराँते दो संघ शाखा दोजो थाहानगरले ५ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेको छन् । नेपाल गोजुरियो कराँते दो संघको आयोजनामा काठमाण्डौको दशरथ रंगशालामा ३२ जेठदेखि सुरु भएको प्रतियोगितामा पदकहरु हातपार्न सफल भएका हुन् ।

प्रतियोगितामा शाखा दोजो थाहानगरकी रिवु केसी (–४५ केजि तौल समूह), विनिता खत्री (+४५ केजि तौल समूह), मल्लिका खत्री (–५५ केजी तौल समूह), सुमन घिमिरे (–६० केजी तौल समूह) र विकास भ्लोनले (–६५ केजि तौल समूह) बाट स्वर्ण पदक प्राप्त गरेका छन् ।

त्यस्तै सन्तराम अधिकारि (–६० केजी तौल समूह), र सञ्जिता गोलेले (–४० केजी तौल समूह)बाट रजत पदक हात पारे भने सुशान्त दोङ (–४० केजी तौल समूह) र प्रमिला थोकरले (–५० केजी तौल समूह)बाट कास्य पदक प्राप्त गरेको शाखा दोजो थाहाका प्रशिक्षक मानसिं दोङले जानकारी दिए ।

कराँतेलाई थाहानगरमा निरन्तर रुपमा सञ्चालन गर्दै आईरहेको शाखा दोजो थाहाले यस अघि पनि विभिन्न प्रतियोगितामा पदक तथा उपलब्धिहरु हासिल गरिसकेका छन् । थाहा नगर तथा विभिन्न सामाजिक संघ संस्थाहरुले समेत कराँते क्रियाशिलतालाई जोड दिईरहेको सन्दर्भमा यस पटक प्रतियोगिता अवधिभर सम्पूर्ण खेलाडिहरुको आवास तथा खानाको व्यवस्था मजदुरहरुको हक, हितको संरक्षण गर्ने मूल उद्धेश्यका साथ स्थापित नेपाल थाहा मजदुर संघले गरेको छ । खेलाडीहरुलाई थप प्रोत्साहनमा संघले निरन्तर सहयोग गरिरहने संघका अध्यक्ष राजु खत्रीले बताए ।

पालिका प्रेस
थप जानकारी