त्रिवेणी भेजिटेवल मार्ट प्रालिले हेटौंडामा निजी क्षेत्रबाट कृषि तरकारी बजार संचालनमा ल्याउन लागेको छ । मगंलबारदेखि सुरु हुने हेटौंडा कृषि बजारमा ताजा तरकारी उपभोक्तालाई उपलब्ध गराइने भएको छ । पाँचजना युवा शुरज गोङ्वालामा, प्रिन्स लामा, राजीव गोले, अजय स्याङतान र अभ्यास भुजेलको संयुक्त लगानीमा तरकारी बजार सुरु गरिएको हो । करिब ३ करोड रुपैयाँ लगानीमा संचालन गर्न लागेको यो मार्टमा एकसय ६० वटा स्टल रहेको छ ।

७० प्रतिशत स्टल बुकिङ भैसकेको बताइएको छ । बाँकी स्टलहरु पनि बुक हुने तयारीमा रहेको सुरज गोङ्वालामाले जानकारी दिए । लामाले हेटौंडा–४ मेनरोडमा(नारायणी मलको उत्तरतर्फ) जग्गा भाडामा लिएर युवाले केही नमूना काम गर्ने उद्देश्यका साथ यो मार्ट संचालनमा ल्याउन लागेको बताए । हाल हेटौंडा भन्दा बाहिरका जिल्लामा यस्तो सेवा दिदै आएपनि हेटौंडामा यो पहिलो हो । काठमाडौंका मेयर वालेनले यस्तो सेवा दिएकोमा युवालाई प्रोत्साहन मिलेको समेत बताए । हामीले हेटौडा उपमहानगरपालिकासँग अहिलेसम्म कुनै पनि सहकार्य नभएपनि महानगरले सहयोग र समर्थन रहने आश्वासन दिएको उनीहरुले बताएका छन् ।

एकै ठाउँमा सवै किसिमका खाद्यन्न सामग्रीहरु ताजा तरकारी, फलफूल माछा, मासु, दूधको परिकार आदि पाइने र खुद्रा सामान किन्न सहज हुने भएकोले ग्राहक आउनेमा आफूहरु बिश्वस्त रहेको उनीहरुले बताएका छन् । लामाले पछिल्लो समय ग्राहक एकैठाउँमा सबै सर्भिस चाहन्छन् त्यही उद्देष्यलाई मध्यनजर गर्दै आफूहरुले यो क्षेत्रमा हात हालेको बताए । ‘हामीले नमुना कार्यको थालनी गेरका छौं । यसमा व्यवसायीे र ग्राहकको सेवा र सुविधाको लागि एकै ठाउँमा धेरै सेवा लिने उद्देश्यका साथ आफूहरु अगाडि बढेको उनीहरुले बताए । अझै पनि निर्माण कार्य समापन भैनसकेको र स्टलहरु केही बुकिङ हुन बाँकी रहेकोले इच्छुक ब्यवसायीलार्ई सम्पर्क गर्न आग्रह गरिएको छ ।

पालिका प्रेस
थप जानकारी