फोटोः गणेश विष्ट

थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको २४ औं स्मृति दिवसको अवसरमा उनको जन्मथालो थाहानगरमा अन्तरक्रिया कार्यक्रम भएको छ । ७ असारमा थाहा नगरपालिकाको आयोजनामा विकास घर शिखरकोट स्थित रुपचन्द्र विष्टको शालिकमा माल्यार्पणसहित अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

थाहानगर प्रमुख बिष्णु बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख भरत गोपालीले रुपचन्द्र विष्टको दर्शनलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए । उनले भने–‘हामी रुपचन्द्र विष्टको जन्मथलोको जनप्रतिनीधि हौ, हामीले कहिकतै पारदर्शिताको नाममा हिनामिना गरेको प्रमाण ल्याउनुस् विथ इन मिनेटमा राजिनामा दिन्छु ।’ सुशासन र पारदर्शिताको सवालमा नगर प्रमुख विष्णु बहादुर विष्टको आँटको प्रशंसा गरे । नगर प्रमुख विष्टप्रति इङ्कित गर्दै गोपालीले भने–‘मेरो र उहाँको कुरा उहीउही हो ।’ कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर विष्टले रुपचन्द्र विष्टको दर्शन कार्यान्वयन आवश्यक भएको औल्याए । विष्टले चलाएको श्रमदान, शैक्षिक अभियान, उन्नत प्रणाली लगायत अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

फोटोः गणेश विष्ट

स्थानीय बिमल कुमार बिष्टले रुपचन्द्रको शैक्षिक जागरणकै कारण थाहामा हालको अवस्थासम्मको प्रगतिको आधार सावित भएको बताए । उनले स.चालन गरेको छोरी शिक्षा, विहानी कक्षा अतुलनीय अभियान भएको धारणा राखे । नेपाली कांग्रेस नगर सभापति प्रमोद कृष्ण जोशीले रुपचन्द्र सबैलाई अझै चिनाउन आवश्यक रहेको धारणा राखे । उनले अझै पनि रुपचन्द्र विष्टलाई साँघुरोमा परियो कि समिक्षा गर्न आवश्यक भएको बताए । जोशीले रुपचन्द्रको शालिक थाहापार्कमा राख्न सुझाव दिदै पालिकाको नगरसभा उनको स्मृतिकै दिन असार ७ मा गर्न नगरपालिकालाई अनुरोध गरे । थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले रुपचन्द्रले गरेको कामको चार्चा गर्नुभन्दा पनि उनको बाटोमा हामी कति लाग्यौं या लागेनौ त्यो समिक्षा गर्न आवश्यक भएको बताए । प्रधानले भने–‘विष्टको प्रशंसा भन्दा पनि उनले देखाएको बाटोमा यो यस्तो काम गरेउ भन्ने दिन आउन सके उनको सच्चा फलोअर भइन्छ ।’

फोटोः गणेश विष्ट

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रमका अतिथी तथा सहभागीहरुलाइृ वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीले स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष बिमलकुमार ढकाल, भुमी आयोगका जिल्ला सदस्य अरुण रायमाझी, जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की लगायतकाले रुपचन्द्र बिष्ट र थाहा दर्शनको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, जिल्ला समन्वय समितिका पदाअधिकारुी, वडा अध्यक्षहरु, जनमुखी सहकर्मी तथा स्थानीय संघसंस्थाका पदाअधिकारीहरुको उपस्थिती रहेको थियो ।

फोटोः गणेश विष्ट

रुपचन्द्र विष्टको जन्म वि.सं. १९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिए थिए भने वि.सं. २०५६ असार ७ गते निधन भएको थियो ।

फोटोः गणेश विष्ट

पालिका प्रेस
थप जानकारी