बागमतीे प्रदेशको कानुन कार्यान्वयको अवस्था बारे विभिन्न जिल्लाका स्थानीय तहसँग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सभा सचिवालयको आयोजनामा विभिन्न जिल्लाका स्थानीय तहहरुमा पुगेर बागमतीे प्रदेशबाट पारित भएका कानुनहरुको कार्यान्वयको अवस्था बारे अन्तरकृया गरिएको थियो ।

बागमती प्रदेश अन्तर्गतका जिल्लाहरु नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीका विभिन्न स्थानीयतहहरुमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सभामुख पाठकले संघ र प्रदेश सरकारले बनाएका कानुन लागू गर्न र स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताए । तिनै तहका निकायहरु बिच समन्वय र नबाझिने किसिमले कार्यान्वयनमा लैजानु अति आवश्यक भएको पाठकको भनाई छ ।

पालिका प्रेस
थप जानकारी