पालुङ जेसीज बर्ष २०२३ को आयोजनामा लागुऔषध र कुलत बिरुद्धको सचेतना कार्यक्रम गरेको छ । लागुपदार्थ ओसारप्रसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जेसीजले ११ असारमा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

सचेतना कार्यक्रम जनकल्याण मावि पालुङका कक्षा ११ र १२ मा अध्ययनरत ४५ जना बिद्यार्थीहरुको सहभागिता रहेको पालुङ जेसीज बर्ष २०२३ का कार्यकारी उपाध्यक्ष दीपा बलले बताइन् । कार्यक्रम पालुङ जेसीज बर्ष २०२३ का बर्ष कार्यक्रम संयोजक मानसिं दोङको संयोजकत्वमा भएको थियो । पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको सचेतना कार्यक्रम जनकल्याण माबिका प्रधानाध्यापक तथा पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । सुधार केन्द्रका काउन्सिलर रुद्राक्ष सुवेदीले सहजीकरण गरेका थिए । कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष मनोज रायमाझी, कोषाध्यक्ष माधव कार्की, कानुनी सल्लाहकार निरज रायमाभझी, महासचिव सञ्जय गोपाली, उपाध्यक्ष अजय कार्की लगायतको उपस्थिति रहेको थियो ।

यसैबिच थाहा नगरपालिकाकै हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुल आयोजना र पालुङ जेसीजको सहकार्यमा लागुऔषध र कुलत बिरुद्धको सचेतना र्याली कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका शिक्षक र बिद्यार्थीहरुले सचेतनामूलक नारा, सन्देश लेखिएका प्लेकार्ड सहित स्थानीय शिखरकोट बजार परिक्रमा गरि सभामा सहित कार्यक्रम समापन भएको थियो ।

पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको ¥याली सहितको सभा हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल बाबुलाल कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । ¥याली सहितका सभा कार्यक्रममा रुद्राक्ष सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्की, कानुनी सल्लाहकार निरज रायमाभझी, महासचिव सञ्जय गोपाली, उपाध्यक्ष अजय कार्की, कार्यक्रम संयोजक मानसिं दोङ लगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी