थाहा नगरपालिका वडा नम्बर १ मा रहेको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाले लागूपदार्थ दुव्र्यसनी विरुद्धको सचेतनामुलक कार्यक्रम गरेको छ । थाहा नगरपालिाको महिला, बालबालिका शाखाको सहयोगमा पालिकाको दुई स्थानमा कार्यक्रम गरेको हो ।

सहकारी संस्थाले थाहानगरको ४ नम्बर वडा र २ नम्बर वडामा छुट्टाछुट्टै रुपमा कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा वडाका महिला, विद्यार्थी तथा किशोर किशोरीहरुलाई ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल तथा थाहा नगरपालिका सामी कार्यक्रमका मनोपरामर्शदाता सुनिता बस्नेतले सहजीकरण गरेका थिए । अभिमुखिकरण कार्यक्रममा ४ नम्बर वडामा अध्यक्ष नारायण लामाको अध्यक्षता तथा सामुदायिक क्याम्पस संघका केन्द्रिय कोषाध्यक्ष राजन मिश्रको प्रमुख आतिथ्यता रहेको थियो ।

वडा नम्बर ४ को कार्यक्रममा ६० जना तथा २ नम्बर वडामा पनि उल्लेख्य रुपमा सहभागिता रहेको आयोजक संस्थाकी अध्यक्ष रिता प्रधानले जानकारी दिइन् । २ नम्बर वडामा भएको कार्यक्रममा वडाध्यक्ष बम बहादुर सिङ्तानको अध्यक्षता रहेको थियो । लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाले किशोर किशोरीमा बढ्दै गैरहेको आत्महत्या, लागुपदार्थ दुव्र्ययसनी, महिला हिंसा, बालबिबाह अन्त्यको लागि विभिन्न अन्तरक्रिया,गोष्ठी तथा चेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । संस्थाले गर्ने कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङले लैङ्गिक हिंसा, लागुपदार्थ ओसारपसार र दुव्र्यसन, बालबिवाह विरुद्धका विषयहरुमा सहजीकरण गर्दै आएको छ ।

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाले तत्कालिन अवस्थामा महिला विकास कार्यालयको सहयोगमा २०६७ सालदेखि बिधिवत रुपमा घरेलु हिंसा पिडित महिलाहरुको न्याय तथा मेलमिलाप र थाहा नगरपालिका स्थापना पश्चात् नगरको सहयोगमा किशोरी लक्षित मनोसामाजिक परामर्श कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

पालिका प्रेस
थप जानकारी