जयराम खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को थाहानगर सभापतिमा जयराम खत्री चयन भएका छन् । १६ असारमा थाहानगरको पालुङ जेसीज सभाहलमा रास्वपाको विस्तारित भेलाले खत्रीलाई सभापतिमा चयन गरेको हो ।

रास्वपाको थाहानगर उपसभापतिमा रचना बस्नेत चयन भएकी छिन् भने सचिवमा देवकुमार अर्याल चयन भएका छन् । नगर समितिको कोषाध्यक्षमा सुर्य आलेमगर तथा सदस्यहरु केदार घले, निलिमा गोपाली, सरोज लामिछाने, दिनेश थापा, सम्राट बलामी, राजन बिडारी र सरोज आचार्य चयन भएका छन् । भेलाले दिपक नेपाली, पुरुषोत्तम केसी र किरण गोपालीलाई सल्लाहकारमा चयन गरेको छ ।
रास्वपाका केन्द्रीीय सभापति तथा प्रतिनीधिसभा सदस्य रबि लामिछानेको प्रमुख आतिथ्यमा भएको भेलाले ११ सदस्यीय नगर समिति गठन गरेको हो । नगर समिति गठन कार्यक्रममा सभापति लामिछानेसहिच केन्द्रीय समिति सदस्य तथा प्रदेश तथा जिल्ला तहका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

रास्वपा थाहाका अनुसार नगरका सबै वडामा समिति गठन गरी संगठन विस्तारका कार्यक्रम संचालन गरिने नगर सभापति खत्रीले जानकारी दिए।

पालिका प्रेस
थप जानकारी