लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगर आयोजनामा १६ असारमा गोरखनाथ मन्दिर परिसर सरसफाइ गरिएको छ । थाहा नगरपालिका वडा नंम्बर ३ डाँडागाउँको गोरखनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको हो ।

कार्यक्रम लियो क्लव अफ पिस थाहानगरका २०२२/२०२३ का अध्यक्ष लियो निशा विष्टको अध्यक्षतामा भएको थियो । लायन्स क्लब अफ थाहा पिसका नवनिर्वाचित २०२३/२०२४ का अध्यक्ष लायन गिता कार्की, कोषाध्यक्ष लायन दिपक लामा, सदस्य लायन दिपक कार्की तथा लियो २०२३/२०२४ का अध्यक्ष लियो रोशनी गोपाली, सचिव प्रेरणा खत्री, द्वितीय उपाध्यक्ष लियो शिशिर खत्री, कोषाध्यक्ष लियो स्मिता बिष्ट, क्लब निर्देशक लियो शितल बिष्टलगायतकाको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी