मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुर्य प्रसाद सेढाईले प्रशासनबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त बनाउन प्रतिवद्ध रहेको बताएका छन् । उनले नियम र कानुनको परिधिमा रहेर सेवाग्राहीलाई चुस्त र दुरुस्त सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।

कसैको करकाप र दबावमा नपरि जिल्लाको शान्ति सुरक्षा कायम गर्ने उनको भनाई छ । १७ असारमा जिल्लाका सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले आफ्नो प्राथमिकता तय गरेर काम गर्ने बताए । उनले लागूऔषध न्यूनीकरण, राजमार्ग विस्तार तथा छोटो मार्गको सडकको स्तरोन्नति, ट्राफिक नियन्त्रण र ढुंगागिट्टी बालुवाको अबैध कारोबारलाई रोक्न आवश्यक कदम चाल्ने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतम, जिल्ला प्रशासनका अधिकृत गुणराज न्यौपाने र विभिन्न संचारगृहमा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी