दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको उपचारको क्रममा ३१ साउनमा निधन भएको छ । नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाका सभापति समेत रहेका तामाङको गंगालाल हृदयरोग केन्द्रमा निधन भएको हो ।

२ दिनअघि पेट दुख्ने र पखला लाग्ने समस्या भएपछि उनलाई भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मुटुमा समस्या देखिएपछि उक्त अस्पतालले तामाङलाई गंगालालमा रिफर गरेको थियो । उनको हृदयघातका कारण निधन भएको चिकित्सकले जनाएका छन् ।

२०७९ सालको स्थानीय निर्वाचनमा तामाङ नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । गौरीशंकर– ६ चंखुका स्थायी बासिन्दा तामाङको ५३ वर्षको उमेरमा निधन भएको हो ।

पालिका प्रेस
थप जानकारी