नेपालको संविधान २०७२, भाग ५ को धारा ५६ ले तीन तहको सरकार मध्ये स्थानीय सरकारलाई राज्यको तेस्रो ठुलो सरकारको रुपमा स्थापीत गरेको छ । त्यसपछि लागु भएको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को मुल मर्म र भावना अनुसार स्थानीय सरकारले पाएको संविधानको अनुसूचि ८ मा व्याख्या गरिएको २२ वटा अधिकारहरु भित्र स्थानीय सरकारले गर्ने पाँच वटा विकाशका मुल खम्बाहरुलाई ब्याख्या गरिएको छ । तीनै पाँचवटा विकाशका खम्बाहरुलाई आधार बनाएर स्थानीय सरकारले आफ्नो काम, कर्तब्य र जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ ।

स्थानीय सरकारको पाँच वटा विकासका आधार स्तम्बहरुमा संस्थागत विकास, सेवा प्रवाह र सुशासन, भौतिक पूर्वाधार निर्माण, सामाजिक विकास, आर्थिक विकास, वातावरण तथा विपद ब्यवस्थापन रहेका छन् । जसभित्र अन्य उपशिर्षकहरु हुन्छन् र प्रत्येक आर्थिक वर्षमा यी पाँचवटा विकाशका खम्बाहरुलाई आधार मानेर स्थानीय सरकारले आफ्नो वार्षिक नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने र सोही अनुरुप कार्यान्वयन गर्ने गर्दछन् ।

दोस्रो स्थानीय चुनाबपछि कैलाश गाउँपालिकाले पाएको दोस्रो जनप्रतिनिधहरुबाट धेरै कुराको सुधार तथा दिर्गकालिन विकाशको अपेक्षा राखेको पाउन सकिन्छ । यसै कुराको मध्यनजर गर्दै चुनीया–नामटार–कालिकाटार बाटोलाई स्थायी रुप दिन नव निर्वाचित जनप्रतिनिधिहरु कम्मर कसेर लागी परेको पाउन सकिन्छ । यस बाटोलाई आगामी २ वर्ष भित्र पूर्णरुपमा स्थायीत्व प्रधान गर्न गाउँपालिकाको श्रोत, विशेष र समपुरक योजनाहरु मार्फत यस आ.ब. मा खण्ड खण्ड गरी जम्मा ३ वटा ठेक्काहरुको आवहान गरिएको छ भने हालै मात्र प्रदेश सरकारको प्राथमिकता भित्र रहेर चुनिया–नामटार–कालिकाटार–भार्ता सडकको भालटार–कालिकाटार खण्डमा रु. २० करोड बराबरको ठेक्का आवहान गरिएको छ । आर्थिक वर्षको पूर्वार्धमै ठेक्का सम्झौता गरिएको यस सडक खण्डको २ वटा ठेक्का, ठेकेदारहरुले समयमा कार्य आरम्भ नगरिदिंदा गाउँपालिकाले आफ्नो कार्य संपादनमा चुनौती र समस्या झेल्नुपरी रहेको पाउन सकिन्छ ।

हरेक स्थानीय तहको आफ्नो कार्यतालिका हुन्छ । यसै कार्यतालिका अनुसार कैलाश गाउँपालिकाले पनि आफ्नो कार्य योजना बनाएर अगाडी बढेको छ तर विगतका वर्षहरु देखिनै ठेकेदारहरुले ठेक्का सम्झौता गरी समयमा कार्य आरम्भ नगरि दिँदा समयमा काम संपन्न नहुने भएको कारणले गर्दा सिंगो गाउँपालिकाको कार्य संपादनमा प्रश्न चिन्ह खडा भएको पाउन सकिन्छ । पटक पटक ताकेता र पुन ताकेता गर्दा समेत वेवास्था र हेलचक्राईपूर्ण काम निर्माण व्यवसायीहरुबाट हुने गरेकोले सिंगो स्थानीय सरकार तथा कर्मचारीको कार्यसंपादनमा जनताले औला उठाउने वातावरणको सृजना भएको पाउन सकिन्छ । यो बातावरणलाई निरुत्साहीत गरी छिटो, छरितो, पारदर्शी ढंगबाट, निर्माण कंपनी उत्तरदायीमुखी बनाई विकाश निर्माण र ठेक्का संचालन गर्नु गराउन स्थानीय सरकारलाई मात्र नभई सिंगो राष्ट्रलाई नै चुनौती बन्दै आइरहेको छ । कैलाश गाउँपालिका कै कुरा गर्दा यस्ता कयन ठेक्ककाहरु रहेका छन् जुन एउटै निर्माण कंपनीले विभिन्न जोईन्ट भेन्चरमा ठेक्का हाली पुरानो ठेक्काको कामै संपन्न नगरी नयाँ ठेक्कामा समेत हाफ्नो हैकम जमाएर बस्ने र काम नगरीदिने प्रावधान रही आएको छ । जुन समस्यालाई खरिद ऐनले पनि शंवोधन गरेको पाइएको छैन् । यो अवस्थामा जती सुकै मरी मेटेर कर्मचारी र जनप्रतीनिधिहरु समयमा कार्य संपन्न गर्न गराउन लागिपरेपनि फितलो निर्माण व्यवसायी मुखी कानुनै बाधक बन्दै आइरहेको पाउन सकिन्छ ।

कैलाश गाउँपालिकाको आ.ब. २०७९।८० को वार्षिक समिक्षा कार्यक्रम भरखरैमात्र सकिएको छ । यस समिक्षामा गाउँपालिकाले विगतका कमि कमजोरीहरुलाई केलाई यस आ.ब.मा अझ बढि सुधाररोन्मुख कार्य गर्ने गराउने गरी सबै शाखा प्रमुखहरु संग कार्य तालिका सहित समयमै कार्य संपादन गराउने प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराएको छ । काम प्रति जिम्मेवारी, उत्तरदायीमुखी, पारदर्शि, छिटो छरितो ढंगबाट जनताको काम गर्ने र बित्तिय अनुशासन कायम राख्ने जस्ता कुराहरुमा बढि जोड दिएको छ । यस आ.ब.को समिक्षामा कैलाश गाउँपालिकाको २०७९।८० को स्वीकृत वार्षिक नीति तथा कार्यक्रमले परिलक्षित गरेका बजेट योजना तथा कार्यक्रमहरु चालु तर्फ ८५.९५ प्रतिशत, पुँजिगत तर्फ ६४.०२ प्रतिशत र समग्रमा ७८.३४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको कुरा घोषणा गरिएको छ । बित्तिय प्रगती कम देखिनुका कारणहरुमा संघीय तथा प्रदेश समपूरक योजनाहरु समयमा नै संपन्न नहुनु, ठेक्काबाट निर्माधीन योजनाहरु सम्पन्‍न नहुनु तथा आ.ब. २०७९।०८० मा बजेट विनियोजन गर्दा कतिपय पूँजिगत शीर्षकमा राख्‍नु पर्ने योजनाहरु चालु शीर्षकमा विनियोजन भएर कम देखिएको कारणहरु औल्याइएका छन् ।

त्यस्तैगरी शिक्षा यूवा तथा खेलकुद शाखा हरेक स्थानीय तहको एक महत्वपूर्ण शाखा हो । कैलाश गाउँपालिकाको शिक्षा शाखाको समिक्षामा आ.ब. २०७९।८० मा गरिएका महत्वपूर्ण कार्यहरुमा दरवन्दी मिलान, स्थानीय पाठ्यक्रम निर्माण, एकीकृत अनुगमन तथा सुपरीवेक्षण, अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा, मन्टेश्वरी तालिम तथा IEMIS तालिम सञ्चालन जस्ता कार्यहरुलाई प्राथमिकताका साथ संपन्न गरिएको छ भने चुनौतीहरुमा पहुँच, सहभागिता, प्रभावकारीता र गुणस्तर मापन, जनशक्ति र स्रोत व्यवस्थापन तथा संघीय शिक्षा ऐनको अभाव जस्ता कुराहरु बाधक भएको अवस्था औल्याइएका छन् । बेरुजु कम गर्ने, हाल सम्म मलेपले औल्याएका बेरुजु रकमहरु असुल उपर गर्ने तथा नियमित गर्ने, LISA, FRA जस्ता स्वमुल्याँङकन गर्ने सफ्टवयरको इण्डिकेटर अनुसार कानुनले तोके बमोजिम कार्य गर्ने र गरेका कामहरुको फाइलिङ व्यवस्था सुदृढ गर्ने जस्ता महत्वपुर्ण प्रतिबद्धता कैलाश गाउँपालिकाले गरेको छ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासनको अवस्था

सामान्य सेवा, सूचना प्रविधि, पञ्जिकरण, स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन, सुशासन प्रवद्र्धन, अनुसन्धान, विकास र विविध, संस्थागत विकास, सेवा प्रवाह र सुशासनको मुल मेरुदण्ड हो । हिजोको दिनहरुमा सानो टहरा, छाप्रा त्रिपालबाट दैनिक सेवा प्रवाह कार्य संचालन गर्दै आएको स्थानीय सरकारको प्रशासकीय अवस्था ज्यादै दयनिय थियो । तर आज यो अवस्थाले कोल्टे फेरेको छ र कतीपय स्थानीय तहहरुको आफ्नै सुविधा संपन्न प्रशासकीय भवनको निर्माण भई कार्य प्रारम्भ भएको पाउन सकिन्छ । यसैक्रममा कैलाश गाउँपालिकाको पनि आफ्नै सुविधा संपन्न प्रशासकीय भवन रहेको र दैनिक प्रशासनीक कार्यलाइ चुस्त, दुरुस्त, पारदर्शि, सेवामुखी, जनता र उत्तरदायिमुखी बनाउन गाउँपालिका निरन्तर प्रयासरत छ । जनताको गुनासो व्यवस्थापन गर्न, गुनासो पेटीका, ई.गुनासो लगायत सुचना अधिकारी र गुनासो सुन्ने अधिकारी समेत गाउँपालिकाले व्यवस्था गरेको छ । डिजिटल नागरिक वडा पत्र लगायत ई. हाजीरीको समेत उचित व्यवस्थापन गरी कार्यान्वनमा ल्याईएको छ । कर्मचारीहरुको खाजा समय २ देखी २ः३० सम्म जम्मा आधा घण्टा तोकी बढि समय जनताकै सेवामा सर्मपीत हुन कार्यालले निर्देशन जारी गरेको छ । चीठी पत्रहरुको दर्ता र चलानी एकद्धारा प्रणाली मार्फत गर्न दर्ता प्रकृया अनिवार्य गरिएको छ भने शाखा प्रमुखहरुलाई अधिकार प्रत्यायोजन गरी थप जिम्मेवारी र काम प्रति जवाफदेइताको थालनी गरीएको छ ।

कुनैपनि कर्मचारी कार्यालय बाहिर जानुपर्दा कार्यालय प्रमुखको आदेश लिएर सूचना वोर्डमा गएको र आउने समय लेखी जाने ब्यवस्था गरिएको छ । सबै वडा कार्यालयहरुलाई सूचना प्रविधि संग जोड्न इन्टरनेट तथा समय सापेक्ष कम्युटर सफटवयर प्रणाली जडान गरिएको छ भने यसै आ.ब.बाट डिजिटल भिइलेज फ्रोफाइलको निर्माण गरि सम्पूर्ण गाउँबासी जनताहरुको रेकर्ड डिजिटल सिस्टममा राख्ने व्यवस्थाको थालनी गरिएको छ । सामाजिक सुरक्षा भत्ता बितरणको कार्य सबै बैङकीङ प्रणाली मार्फत गरिएको छ भने घटना दर्ता कार्यक्रमलाई वडा स्तरबाट प्रभावकारी बनाइएको छ । उपाध्यक्षको संयोजकत्वमा गरिने योजना तथा आयोजनाहरुको अनुगमन तिब्र रुपमा गुणस्तरिय ढंगबाट गरिएको छ । त्यस्तै न्याय संपादन र घरेलु मुद्याहरुको कार्यलाई पनि यस आ.ब.बाट तदारुक्ताका साथ संपन्न गरिएको छ ।

भौतिक पूर्वाधार निर्माणको अवस्था

स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल, सिंचाई, भवन तथा शहरी विकास, उर्जा, सूचना तथा सञ्चार पूर्वाधार विकासका प्रमुख आयामहरु हुन । स्थानीय सरकार संग भौतिक पुर्वाधारका असिमित आवश्यकताहरु छन् । थोरै बजेट सिमा भित्र रहेर भौतिक पुर्वाधारका सबै विषयहरु समेटेर आयोजनाहरु संचालन गर्नु कम्ती चुनौतिपूर्ण छैन । यस गाउँपालिकाले उपभोक्ता समिति मार्फत गरिने कार्यहरुलाई पटक पटक पत्राचार गरी समयमा संझौता गर्न बोलाई अधिकाँश योजनाहरुको समयमै कार्य संपन्न गरी करिब ९७ प्रतिशत योजनाहरुको फरफारक यस आ.ब.मा गरिएको छ । । योजना अनुगमन देखि, खर्च सार्वजनीक, बिल बिजक सबै प्रकृया पु¥याएर आएको योजनहरुको फरफारक कार्य सोही दिनमा गर्ने तथा भुक्तानीको लागी प्रकृया नपुगेका योजनाहरु केही दिन लाग्ने गरेको छ । ठेक्का द्धरा गरिएको विकाश आयोजना बाहेक उपभोक्ता मार्फत गरिने निर्माण कार्यलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन योजना संचालन पुस्तिका देखि उपभोक्ता तालिमको समेत गाउँपालिकाले व्यवस्था गरेको छ । बहुवर्षे योजनाहरुमा १० शैयाको कैलाश अस्पताल दु्रत गतिमा निर्माण भइरहेको छ भने नामटार अस्पताल पनि बन्ने क्रममा रहेको छ । एक स्थानीय तहमा एक अस्पतालको अवधारण अनुसार २०७७ सालमा तत्कालिन प्रधान मन्त्रीज्यूबाट उद्घाटन गरिएको ७५३ वटै स्थानीय तहमा निर्माणाधिन रहेका अस्पतालहरुको अवस्था कानुनी वाध्यता र झनझटको कारण निर्माण प्रकृया अझै सम्म पनि सकिएको छैन । कहि जग्गाको अभाव त कही स्वास्थ्य मन्त्रालयको अस्पताल भवनको मापदण्ढ अनुसार डिपिआर कार्य नहुनुले मन्त्रालयबाट बजेट निकासा हुन सकिरहेको छैन ।

अधिकाँश स्थानिय तहहरुमा ठेक्का प्रकृया अगाडी बढाई निर्माण कार्यसमेत सुरुवात गरिएकोमा विभिन्न कानुनी प्रकृया पुरा नगरेको कारण मन्त्रालयबाट डिपिआर स्वीकृत नहुँदा यस्ता निर्माणाधिन अस्पतालहरु भविस्यमा कतै खण्डहरमा परिणत भएर रहने त हैन भन्ने डर समेत स्थानीय सरकारमा रही आएको छ । हाल स्थानीय सरकारले समान्य, सडक मर्मत संभार बाहेक ठुला पूर्वाधारका विकास आयोजनाहरु जस्तै पुल, सिंचाई, बृहत खानेपानी आयोजना, शहरी विकास जस्ता कार्यक्रमहरु आप्mनै श्रोतमा संचालन गर्न सकिरहेको अवस्था छैन । ठुला पूर्वाधारका लागी संघीय सरकार र प्रदेश सरकारको भर परि रहनु परेको छ भने, साना खानेपानी आयोजनाहरु केही गैह्र सरकारी संघ संस्थाहरुको सहयोग तथा गाउँपालिकाको आफ्नै प्रयासमा भइरहेको पाउन सकिन्छ । हालै मात्र RRN भन्ने संस्था मार्फत कैलाश गाउँपालिकाको बृहत खानेपानी योजनाको बिस्तृत सर्वेक्षण सकिएको छ । जसमा हाल गाउँपालिकामा संचालित सबै खानेपानी योजनाहरुको विवरण समावेश गरिएको छ भने अब लाग्ने कुल अनुमानित बजेटको समेत प्रक्षेपण गरिएको छ । यसबाट केही वर्षपछि कैलाश गाउँपालिकाको खानेपानी समस्याको समाधान हुने अपेक्षा समेत गरिएको छ ।

सामाजिक विकाशको अवस्था

शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवद्र्धन, खेलकुद तथा मनोरञ्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण जस्ता विषयहरु सामाजिक विकासका मुल विषयहरु हुन । सामाजिक विकास नभईकन भौतिक विकास मात्र हुन गयो भने त्यो समाज एक अपाङ सरह हुन्छ । सामाजिक विकास एउटा एप्लिकेशनको लागी सफटवयर जस्तै हो । जुन समानुपातीक रुपमा भौतिक विकास संगै हुनुपर्छ । अध्यक्षकप फुटवल प्रतियोगीता, उपाध्यक्ष कप बलिवल प्रतियोगीता राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगीता जस्ता खेलकुद कार्यक्रमहरु कैलाश गाउँपालिकाको खेलकुद क्षेत्र विकाशको आधारको रुपमा विकास भएकाछन् ।

उमेरनै नपुगी विवाह गर्ने यहाँको प्रचलनलाई निरुत्साही गर्न गाउँपालिकाले २० वर्ष उमेर पुरा गरी १० जोड दुई पढाई सकेर मात्र विवाह गर्ने चेलीहरुको प्रोत्साहन स्वरुप चेली प्रोत्साहान कार्यक्रम अगाडी सारेकोछ । जसमा आ.ब. २०७९।८० मा मात्र १४ जना चेलीहरुलाई नगद सहित प्रोत्साहन गरिएको छ । यस कार्यत्रमले गर्दा बाल बिवाह निरुत्सायीत हुने कुरामा विश्वास लिइएको छ । संस्कृति प्रवद्र्धन तर्फ यस गाउँ पालिकाले यस क्षेत्रको मौलिक नाच घाटु नाचलाई प्राथमिकता दिई यसको उचित संरक्षण र प्रर्वद्धन गरेको छ । यस बाहेक परम्परागत चाड, पर्व, दशै, तिहार, लोक्षार, क्रिशमस जस्ता पर्वहरुलाई पनि उचित प्राथमिकतामा राखेर समुदायमा सहयोग गर्दै आइरहेको छ । लैङ्गिक समानतामा महिला, पुरुष, बालबालिका, अपाङ, पिछडिएका वर्ग सबै जात जाती धर्मलाई उतिकै प्राथमिकता दिई सामाजिक समावेशीमा जोड दिदै सबैको उपस्थिति जनाउने गरी कार्यक्रमहरु संचालनमा ल्याइएको छ ।

आर्थिक विकाशको अवस्था

कृषि तथा पशुपालन, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी, वित्तीय क्षेत्र, रोजगारी सिर्जना तथा स्वरोजगार कार्यक्रम जस्ता कार्यक्रमहरु स्थानीय सरकारको आर्थिक विकासको मुल आधारहरु हुन् । कृषि, पशुपालन लगायताका अधिकाँश आर्थिक विकाश संग संवन्धीत कार्यहरु निर्देशिका अनुसार प्रस्ताबहरु आवहान गरी संचालन गरिदै आएको छ । जसमा बाख्रा पालन, विहुविजन, गोठ सुधार, भकारो सुधार कार्यक्रमहरु रहेका छन् ।

त्यस्तैगरी उद्यमशीलता संवन्धी आय आर्जन कार्यक्रम, उद्यम विकाश कार्यक्रमलाई पनि बजेट अनुसार प्राथमिकताको आधारमा संचालनमा ल्याइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा वर्षिनै बेरोजगार व्यक्तिहरुको सूचि तयार पारी सोही अनुसार उक्त बजेटको कार्यान्वयन गरिएको छ । त्यस्तै गरी टनेला खेतीमा अनुदान, बाख्रा पालन कार्यक्रममा अनुदान, उन्नत जातको धानको बिहुमा अनुदान, रसायनिक मल बितरणमा सरलता, कुखुराको चल्ला बितरण, कम आय भएका समुदायलाई निशुल्क बाख्राको पाठी बितरण जस्ता कार्यक्रमहरु गाउँपालिकाको आर्थिक बिकासको अभियानको रुपमा रहि आएको छ ।

वातावरण तथा विपद ब्यवस्थापनको अवस्था

वन तथा भू – संरक्षण, वातावरण र जलाधार संरक्षण तथा जलवायु परिवर्तन, फोहरमैला तथा ढल व्यवस्थापन, विपद व्यवस्थापन जस्ता कृयाकलापहरु बताबरण तथा विपद व्यवस्थापनका मुल आधाहररु हुन । कुनैपनि विकास निर्माणका कार्यहरु गर्दा बाताबरणलाई ध्यान दिइएन, जलाधार संरक्षण गर्नुपर्नेमा मानव अतिक्रमण गरियो भने त्यसको भयानक अवस्था आउने पिडिले भोग्नुपर्छ । जलबायु छ त हामी प्राणी छौ, प्रकृति छ त हामी बाँचेका छौ । यदी यही प्रकृतिको बिनास गरेर यसको छाती माथि हामीले हाम्रो स्वार्थको लागी ताण्डब नृत्य गरेउ भने त्यसको भयानक परिणाम हामीले नै भोग्ने छौ । समय चक्र घुम्दै आउछ । हिउँदमा सुकेको खोलालाई अब यसको आवस्यकता छैन भनेर त्यसलाई पुरेर त्यसमाथि हामीले भौतीक संरचना बनायौ भने वर्षादको समयमा त्यसले बिनास गरेरै छाड्छ । विपद् जहिले र जहाँ पनि हुन सक्छ । त्यसैले विपद्बाट बच्न पहिलो कुरात हामीले प्रकृतिको बिनास गर्नु हुँदैन र यसको जोखीमबाट बच्न पूर्व तयारी अपनाउनु पर्ने हुन्छ । यसै कुरालाई मध्यनजर गर्दै कैलाश गाउँपालिकाले पनि भौतिक पूर्वाधारको निर्माण गर्दा बाताबरण संरक्षणलाई विशेष जोड दिने गरेको छ ।

विपद् व्यवस्थापनको लागी पूर्व तयारी गरी आवश्यक सामाग्रीहरु खरिद गरि राखिएको छ भने विपद् व्यवस्थापन कोषको समेत व्यवस्था गरेको छ । गाउँ विकास भएर नै शहर भन्ने हो भन्ने कुरालाई आत्मा साथ गर्दै आम्रा गाउँघरका साना बस्ती तथा होटल, किराना पसल टोलबाट निक्लने फोहर मैलाको उचित ब्यवस्थापनको लागी आवश्यक नीतिको निर्माण गरी कार्यान्वयनको चरणमा रहेको छ । यस्ता फोहर मैलाहरुले ठृलो ठाउँ वोगटी बाताबरण प्रदुषण गर्नु पुर्व नै अहिले देखिनै गाउँबासीहरुमा एउटा चेतनाको विकास गरी लैजान सकेको खण्डमा भविश्यमा त्यसै अनुरुपको संस्कारको सृजना हुने र आगामी पिढिले त्यस्तै संस्कार बसाल्ने कुरामा गाउँपालिका ढुक्क रहेको छ ।

अन्तमा,

कैलाश गाउँपालिका विगतका कमीकमजोरीहरुलाई आत्मासाथ गर्दै प्रशासन सुधार लगायत माथि उल्लेखित पाँचवटा विकाशको अवस्थालाई ध्यानमा राखेर समृद्धिका आधारहरु खोजी रहेको छ । विश्वका विकशित राष्ट्रहरुको इतिहास हेर्दा आज ती राष्ट्रहरु मात्र विकासको उच्च विन्दुमा आफुलाई स्थापति गरेको पाउन सकिन्छ जुन राष्ट्रहरुले समयमै आफ्नो पहिचानलाई चिने र त्यही पहिचान अनुसार आफ्ना कला, संस्कृति, परम्परा, धर्म, मुल्य र मान्यतालाई कानुन त स्थापीत गरि आफुले आफैलाई गर्व गरे । जसले आफ्नो पहिचान विर्सेर अरुको धर्म, इतिहास, कला र संस्कृतिको नक्कल गर्न खोजे ति राष्ट्रहरु दिनप्रतिदिन दल दलमा फसेर आफ्नो अस्तित्व समाप्त पार्ने अवस्थामा पुगेका उदाहरणहरु हामी सामु प्रसस्त छन् ।

हामीले फापर, कोदो, मकै र गहुँको रोटी बिर्सेर तारे होटलहरुको पिजामा भुल्न थालेउ । यो कुरा कहिले पनि सिकेनौकी ती रोटीहरुमा गाई, भैसीको नौनी हालेर हाम्रै करेशाबारीमा उम्रेको खुर्सानी, हरियो लसुन, प्याज, अधुवा र हाम्रै लोकल कुखुराको अण्डा मिसाएर बनाउदा अर्कै स्वाद र पौस्टिक पाउन सक्छौ भनेर । हाम्रा खोला नालाहरुमा पाइने अशला माछाहरुको संरक्षण गर्न छाडेर त्यसलाई करेण्ट लगाएर सिध्याउने नभए आयातीत भएपनि खाने तर्फ उन्मुख भयौ । हाम्रा गाइ, भैसीको मोहीलाई गरिबले पिउने पेय पदार्थ भनेर घृणा गर्न थालेउ र कोक, फ्यान्टा डिउ जस्ता पेयमा रमाउन थालेउ । यी आयाति संस्कारहरुलाई समयमै हामीले निरुत्साहित गर्न सकेनौ भने अबको केही दशकमा हामी आफैले आम्रो अस्तित्व समाप्त पार्ने छौ । माथि प्रस्तुत गरिएको स्थानिय सरकारको पाँचवटा मुख्य विकाशका खम्बाहरु हुन जुन स्थानिय सरकार संचालन ऐन २०७४ मा स्पस्ट पारिएको छ । यी ५ वटा विकाशका खम्बाहरु भित्र हरेक स्थानीय सरकारले आफ्नो भुगोलको संभाव्यताको खोजी गरी त्यही अनुरुप विकासका आधारहरु खडा गर्न सकेको खण्डमा मात्र हामी समृद्धि तर्फ अगाडी बढ्न सक्छौ ।

(-बिष्ट कैलाश गाउँपालिका, मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

अशोक विष्ट
थप जानकारी