काठमाडौंको दरबार मार्ग ओरियन्ट क्याफेमा प्रत्येक शनिबार लाग्ने स्थानीय कृषि उत्पादन ‘रैथानै हाटबजार’ मेलामा ९ भाद्रमा मकवानपुरगढी गाउँपलिकाले पनि आफ्नो पालिका भित्र उत्पादन भएका विभिन्न रैथाने बालीको उत्पादन तथा सामाग्रीहरुको प्रदर्शनी तथा बिक्री गरेको छ ।

 

मकवानपुरगढीमा उत्पादन भएका रैथाने कृषि बालि कोदोको पिठो , बेसार , कोदोको दाना, लसुन, फापर, गेडागुडी तथा स्थानीय स्तरमा उत्पादन भएको बास, बेद र निगालोबाट बनेका हस्तकला सामाग्रीहरुको दरबार मार्गमा प्रदर्शनी तथा बित्रीm बितरण गरिएको हो । ‘रैथाने कृषि हाटबजार’ नाम दिइएको यो मेला प्रत्येक शनिबार बिहान ६ बजेदेखि दिउसो १२ बजेसम्म लाग्ने गर्छ ।

हाटबजारमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले रैथाने बाली संरक्षण गर्नको लागि बागमती प्रदेशको राजधानी हेटौडामा पनि यस्तो बजारको आवश्यकता रहेको बताए । स्थानीय सरकारले अब कृषि क्षेत्रमा वितरणमुखी नभई उत्पादनमा जोडिनु पर्ने बताए । उनले नेपालको पहिचान र स्वास्थ्यको हिसाबले पनि औषधिमय भएको यो रैथाने बालीहरू पछिल्लो समय मासिदै गएकोमा पनि चिन्ता व्यक्त गरे । हाट बजार सिधै किसान र उत्पादनसंगै जोडिएकाले देश भरिका सबै स्थानीय तहसम्म सञ्चालन गर्न पर्ने भएकाले अब तीनै तहको सरकाले यो कार्यमा अगाडी बढनुपर्ने बताए । रैथानेबाली गाउँका गरिबले खाने खानाको पहिचान बनेको तर, स्वास्थ्यका हिसाबले सबैभन्दा राम्रो स्थानीय रैथाने कृषि उत्पादन रहेको समेत बताए ।

‘रैथाने हाटबजार’ मेलामा मकवानपुरगढी गाउँपलिकाको सबैभन्दा बढी कालीखोेला कोदोको पिठोको माग भएको थियो । गाउँ भन्दा सहरमा कोदोको पिठोको महत्वपूर्ण मानिएको र गाउँमा भन्दा सहरमा कोदोको महत्व बढी देखिएको मकवानपुरगढी गाउँपलिका कृषि शाखा प्रमुख चन्द्र कान्त चौधरीले बताए । पछिल्लो समय होटल, रेष्टुराँ र रिसोर्टमा समेत कोदोको ढिडोको माग बढ्दै गएपछि कोदो काठमाण्डौमा कोदोको पिठोको माग बढेको चौधरीको भनाइ थियो ।

पालिका प्रेस
थप जानकारी