कुनै बेला खेतीपातिका लागि हलो र गोरु अपरिहार्य थिए । असारमा धान रोप्न होस् वैशाखमा मकै छर्न । घैयाबारीमा तोरी छनै होसकी कोदोको बाँझो फुटाएर तरकारी खेति बलिया गोरु र हलो जुवा नभई हुँदैन थियो ।

तर, मकवानपुरमा बढ्दै गएको सहरी केन्द्रित बसाइँ सराइ, युवाको विदेश पलायन र प्रविधिको विस्तारले यतिबेला मकवानपुरको सुगम क्षेत्र मात्र होइन बिकट गाउँपालिका क्षेत्रको कृषि व्यवहारमै परिवर्तन ल्याइदिएको छ । जसका कारण गाउँ घरमा गोरुको संख्या महत्व हराउँदै गएको छ भने ट्याक्टरसहितका कृषि औजारको प्रयोग दिन प्रतिदिन फैलिंदै गएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका र बागमती गाउँपालिकामा हिजोआज खेतबारीमा गोरुले जोत्नुको सट्टा हाते ट्याक्टर र ठुला ट्याक्टरले जोत्नेक्रम निकै बढेको किसानहरु बताउँछन् ।

पहिलेको तुलनामा गोरु पालेर खेत र बारी जोत्ने काम निकै कम भएको र अहिले सबै काम ट्याक्टरबाट भइरहेको मकवानपुरगढी ५ का किसान स्याम घिमिरे बताउँछन् । कृषि प्रविधिको विस्तारका कारण परम्परागतसंगै आधुनिक फलामे हलोसमेत कृषकबाट विस्थापनको चरणमा देखिन्छ । नेपालमा पछिल्लो समय कृषि मेशनरीको प्रयोग बढेको नेपालमा ट्याक्टरको कारोबार गर्ने व्यवसायी उमेश नारायण मानन्धर बताउँछन् । उत्पादन बृद्धिका लागि यान्त्रीकरणको महत्व बुझेपछि किसानहरु आकर्षित भएको उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी