मन्त्रिपरिषद बैठकले खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा सदस्यहरुमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
इन्जिनियर गौतमसँग ललितपुर महानगरपालिकाको विभागीय प्रमुख, काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलको प्रबन्ध निर्देशक एवंं महाप्रबन्धक भएर कार्य सम्पादन गरेको अनुभव छ । उहाँले एसियाली विकास बैंक लगायत विभिन्न संस्थामा परामर्शदाताको रुपमा समेत कार्य गरिसक्नु भएको छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्